IME Life

स्वर्ग छोडेर स्वर्ग खोज्न हिँडेका सिनियर एजेन्सी म्यानेजर किशोर बने सफल अभिकर्ता, लर्निङ एण्ड अर्निङलाई पछ्याउँदै

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । अध्ययनको सिलसिलामा जर्मन पुगेका किशोर पोख्रेल ५४ दिन वित्दा नवित्दै नेपाल फर्किए । नेपालमा राम्रै आम्दानी दिने जागिर थियो । अध्ययन विदाको समयमा पारि आफ्नो कामको जिम्मा साथीलाई सुम्पेर उनी विदेश पलायन भएका थिए । जब जर्मन पुगे र त्यहाँको अवस्था देखे, अनि उनलाई लाग्यो, स्वर्ग छोडेर स्वर्ग खोज्न आएछु । त्यसपछि केहि सोचविचार नै नगरि उनी नेपाल फर्किए । नेपालमै पाए उनले आनन्दको जीन्दगी । शैक्षिक संस्थामा सम्मानको जागिर । अझ त्यो भन्दा खुशी त अभिकर्ता बनेकोमा छ उनलाई । सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध उनलाई अभिकर्ता पेशाले मानसम्मान र आर्थिक रुपमा बलियो बनाएको छ । निरन्तरता र लगनशीलताका कारण अभिकर्ता पेशामा लागेको केहि वर्षमै एजेन्सी म्यानेजर बने । जीन्दगीको स्थायित्व नभएकोमा जागिर स्थायी खोज्दै हिड्नु मुर्खता लाग्छ उनलाई । त्यसैले त उनी अभिकर्ता पेशामार्फत पाएको मान सम्मानबाट खुशी छन् ।

Crest

इलामको चुलाचुली ३ मा जन्मिएका थिए किशोर पोख्रेल । उनले वातावारण विज्ञानमा स्नाकोत्तर तहसम्मको अध्ययन गरे । अध्ययनको विषयसँग सम्बन्धित रहि जागिरे जीवन विताइरहेका किशोरलाई जागिरप्रति खासै चित्त बुझेको भने थिएन । नेपालमा कमाई भएपनि बचत गर्न नसकिने र दैनिक खर्चमै सकिने भएपछि उनले नेपाल छाड्ने निधो गरेका थिए । सन् २०१७ मा अध्यनका लागि भन्दै उनी जर्मन जाने तयारीमा लागे । खाइपाइ आएको जागिरलाई विट मार्दै प्रवासी बन्न जर्मन उडे । नेपालमा केहि छैन भन्ने सोचले विदेश पुर्याएका उनलाई उनकै सोचले धेरै दिन प्रवासी बन्न दिएन । जर्मन पुगेर मुस्किलै मुस्किलकाबीच भागदौडको जीवन जीउनु पर्दा स्वर्ग छोडेर स्वर्ग खोज्न आएको अनुभूति भयो उनलाई । अध्ययन पश्चात राम्रो जागिर गरेर सकभर उतैको वातावरणमा रमाउने सोच गरेका उनी ५४ औं दिनमा नेपाल फर्किए ।

नेपाल फर्किएपछि उनी त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पस त्रिचन्द्र बहुमुखी क्याम्पसमा प्राविधिक अधिकृतको रुपमा काम गर्न थाले । साथै बिएसी अध्यापन गराउन थाले । क्याम्पसबाट आउने तलबले जसोतसो उनको र परिवारको आवश्यकता पूर्ति गर्दै थिए उनी । अध्यापनमा व्यस्त उनले अध्यापन बाहेक अन्य आर्जनको बाटो खोज्दै थिए तर के गर्ने त्यो भने थाहा थिएन । त्रिचन्द्रमा उनीभन्दा सिनियर साथी (आफन्त) को मृत्यु भयो । निकटतम साथिको मृत्यु भएको केहि दिनमा उनले सोहि साथीेले आफूलाई लिन आएको भनेपछि विवाद गरेको सपना देखे । आफ्नो जागिरले नै परिवार धान्दै आएकोले आफू अहिले जान नसक्ने बताएका किशोरलाई मृतक साथीले जीबन बीमाको बारेमा जानकारी दिएको अनौठो सपना देखे । सपनामै बीमा राम्रो भनेर आएपछि उनले जीबन बीमा तर्फ लाग्ने विचार गरे । साथै, सो साथीको मृत्यु पश्चात बीमाबाट मृत्युदाबी भुक्तानी आएको भन्ने कुरा थाहा पाए । बल्ल उनले बीमा अभिकर्ताको बारेमा जिज्ञासा राख्न थाले । उनका बाल्यकालको साथी कृष्ण प्रसाद काफ्ले र सिटिजन लाइफका तत्कालिन ब्रान्च म्यानेजर लोकमाया अधिकारीको सहयोगमा उनी अभिकर्ताको रुपमा स्थापित हुन सफल भए ।

वि.स.२०७४ सालमा औपचारिक रुपमा अभिकर्ता पेशा सुरु गरेका थिए उनले । आफ्नो जन्मदिनको अवसर पारि आफ्नै जीवन बीमा गराए । अभिकर्ता पेशा बारे भने पहिलेदेखि नै थाहा थियो । उनले बीमा बारे कुनै जानकारी नपाउँदै नेपाल लाइफ इन्स्योरेन्समा अभिकर्ताको कोड लिएका थिए । बीमाको महत्व नबुझेका कारण काम गर्न खासै रुचि लागेन । आफूसँगै कार्यरत नजिकैको आफन्तको मृत्यु पश्चात बीमा क्षेत्रको बारेमा जागेको उनको जिज्ञासाले भने उनको जीवनको लक्ष्य नै मोडिदियो । साधारण शिक्षक र प्राविधिक अधिकृतको रुपमा कार्यरत उनले अभिकर्ता पेशाले आफ्नो जीन्दगी नै फेरिदिन्छ भनेर सोचेको पनि थिएन । अभिकर्ता बनेको केहि बर्षमै सिनियर एजेन्सी म्यानेजर बनेका उनले नाता आफन्त सबैलाई बीमाको महत्व र यसले जीवनमा खेल्ने भूमिकाको बारेमा जानकारी दिँदै आएका छन् ।

उनको लगनशिलता र निरन्तरताले छोटो अवधिमै ठूलो उपलब्धि हाँसिल गर्न सहयोग गरेको छ । उनी अभिकर्ता बनेको वर्ष २०७४/०७५ मै सिलभर क्लबमा पुग्न सफल भएका थिए । २०७५/०७६ मा प्लाटिनम क्लव साथै टिम र व्यक्तिगत दुबैतर्फ देशभरबाटै दोस्रो बन्न सफल भएका थिए । २०७६/०७७ मा डाइमन्ड क्लव र एमडीआरटी, २०७७/०७८ गोल्ड क्लव र २०७८/०७९ मा सिल्भर क्लवमा पुग्न सफल भएका थिए ।

लर्निङ एण्ड अर्निङको सिद्धान्तमा विश्वास राख्ने किशोर अभिकर्ता पेशा र प्राविधिक अधिकृत पेशा दुवैलाई समान रुपमा अगाडी बढान रुचि राख्छन् । अभिकर्ता पेशाले बीमा सम्बन्धि जानकारी गराउने गर्दछ भने क्याम्पसको जागिरले शिक्षा सम्बन्धि जानकारी गराउने हुँदा यी दुबै पेशामा रमाउन सक्ने उनको भनाई छ । रिटायर नभएसम्म क्याम्पसको कामलाई निरन्तर दिँदै अभिकर्तामा लाग्ने उनको सोच छ भने रिटायर्ड पश्चात पूर्ण रुपमा अभिकर्ता बनेर काम गर्ने उनी बताउँछन् । आर्थिकसँगै समाजसँग जोड्ने राम्रो माध्यम भएकोले आफ्नो बलबुतो र मस्तिष्कले भ्याएसम्म अभिकर्ता बनेर बीमा सचेतनामा अगाडी बढिरहने उनी बताउँछन् ।

एक सफल अभिकर्ताले अरु हाँस्दा आफू पनि हाँस्ने र अरुको दुखमा आफू पनि सामेल हुन सक्ने क्षमताको विकास गर्न आवश्यक रहेको उनको अनुभव छ । साथै, आर्थिक, सामाजिक, पारिवारिक जीम्मेवारी बोध गर्न सक्ने भएमा अभिकर्ता पेशामा मात्र नभई हरेक क्षेत्रमा सफलता मिल्ने उनी बताउँछन् । यसका लागि निरन्तर अध्ययन गर्न सक्ने खुबी चाहिन्छ । पछिल्लो समय नेपाल बीमा प्राधिकरणले ल्याएको बीमा ऐन, २०५७९ प्रति आफू पूण रुपमा सहमति रहेको उनको भनाई छ । अझ एक कम्पनी एक अभिकर्ताको अवधारणाले बीमितले अभिकर्ताबाट पाउन नसकिरहेको सेवा, दैनिक बढिरहेको सरेन्डरलाई घटाउन मदत गर्ने उनको बुझाई छ । यसरी अभिकर्ताको बारेमा नयाँ नयाँ नियम बन्दै जाँदा किशोर भने बीमाको बारेमा पिएचडी गर्ने सोचमा छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

94%

खुसी

0%

दु :खी

0%

अचम्मित

6%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS