IME Life

रिता शर्माको नेपाल लाइफमा सहायकदेखि प्रवन्धकसम्मको यात्रा, बनायो अण्डराइटिङ र पुनर्बीमा विज्ञ

SPIL
NIC ASIA

काठमाडौं । लगनशिलताले सामान्य मानिसलाई पनि महान बनाउछ । काम जति सुकै सानो नै किन नहोस् निरन्तरताले सफलताको शिखरमा पुर्याउछ । आज भन्दा २२ वर्ष अगाडी तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले नेपाल लाइफको जीवन बीमा व्यवसाय उद्घाटन गर्दा रिवन काट्ने ट्रे लिएर उभिएकी रिता शर्मा आज नेपालको बीमा क्षेत्रमै अण्डरराइटिङ, पुनर्बीमा र पोलिसी सर्भिसिङमा आउट सोर्सिङको काम गर्न सक्ने क्षमता राख्छिन् ।

Prabhu
Crest

हजुर बुवादेखि आमा, बुवा नै सरकारी जागिरेकी छोरी रिता शर्मालाई सरकारी जागिरमा खासै चाह थिएन । बुबा शिव प्रसाद शर्मा राष्ट्रिय बीमा संस्थानका कर्मचारी र आमा कर्मचारी सञ्चयकोषमा । शर्मा आमा भन्दा पनि बुवाको बीमा प्रतिको लगावबाट प्रभावित थिइन् ।

बुबाले बीमाको विषयमा कुराकानी गर्दा खुब चासोका साथ सुनिरहन्थिन् । घरमा बुबाले अभिकर्ताको कुरा गरिरहनु हुन्थ्यो । बुबाले अफिसबाट ल्याउनु भएको बीमा सम्बन्धी जानकारीमुलक सामाग्रीदेखि बीमा पोलिसीको आवेदन फारमलाई राम्रोसँग पढ्ने गर्थिन् । बुबाले बीमाको विषयमा गरेका हरेक कामलाई नियाली रहेकी शर्मालाई बीमा क्षेत्रमै काम गर्छु भन्ने चाँही लागेको थिएन ।

बुबाबाट प्रभावित शर्माले बीमालाई नजिकबाटै राम्रोसँग बुझ्ने मौका पाइन् । पछि यहि कुराले उनको जीवनमा ठुलो मद्दत गर्यो । मद्दत मात्रै गरेन बीमा क्षेत्रमा करिअर बनाउन सहयोग पुर्यायो । स्नातक गरेर बसेकी शर्माले स्थापना हुँदै गरेको नेपाल लाइफमा जागिरका लागि आवेदन खुलेको जानकारी पाइन् । कम्पनीको आन्तरिक प्रतिस्पर्धाबाट छनोट भएर उनि कम्पनी स्थापना हुनु भन्दा १० दिन अगाडी २०५८ बैशाख ११ गते नै नेपाल लाइफको सहायक स्तरको कर्मचारीमा नियुक्ती पाइन् ।

शर्मा भन्छिन् “बीमा क्षेत्रमा महिला र पुरुष दुबैलाई उत्तीकै दवाव रहन्छ । बीमा क्षेत्रको दवाव पुरुषले भन्दा पनि महिलाले अझ बढि व्यवस्थान गर्न सक्छन् ।”

कम्पनी स्थापनाको पुर्वतयारीदेखिनै काम गरेकी शर्माको रिसेपसनिष्टमा पोष्टिङ भयो । कम्पनीमा प्रवेश गरेको १० दिन पछि अर्थात बैशाख २२ गते तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले हेरिटेज प्लाजाबाट कम्पनीको उद्घाटन गरे । तत्कालिन समयमा कम्पनीमा ३०-३५ जना मात्रै कर्मचारी थिए । सानो समुह त्यसमा पनि पारिवारिक वातावरणले उनलाई काम गर्न धेरै सहज भयो । उनि भन्छिन् ‘त्यति वेला पारिवारिक वातावरण थियो । उद्घाटन अवधिदेखिनै वाउ भन्ने किसिमको थियो ।’

कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा भारतीय नागरिक जिएस पांती भित्र्यायो । उनले पांतीबाट बीमाको विषयमा धेरै सिक्ने मौका पाइन् । पांती आफैले बीमाको विषयमा धेरै सिकाउथे । रिसेपसनिष्टबाट उनले अण्डराइटिङमा काम गर्ने मौका पाइन् । अण्डराइटिङसँगै पोलिसी सर्भिसिङदेखि लिएर अण्डराइटिङ जस्ता बलिया डिपार्टमेन्टमा काम गर्ने अवसर प्राप्त गरिन् ।

अहिलेको जस्तो इन्टनेटको जमाना थिएन । पुनर्बीमाको विषयमा त्यति सारो जर्नल आर्टिकल पाइदैन थियो । आफुले नजानेको विषयमा उनले विदेशी पुनर्बीमकसँग इमेल मार्फत सोध्ने गर्थिन् । कसैले पनि जन्मिदै जानेर आएको हुँदैन त्यसका लागि बुझ्ने र जान्ने प्रयास गर्नु पर्छ । विदेशी पुनर्बीमकसँगको सल्लाहमा कुन जोखिम बहन गर्ने कुन जोखिम बहन गर्न हुँदैन भनेर धेरै लामो समय अभ्यास गर्थिन् । यसबाट उनले व्यवहारिक रुपमा धेरै सिक्ने मौका पाइन् । कम्पनीले पनि कतिपय विषयमा जान्नकै लागि विहिरबाटै विशेषज्ञ झाकाउने काम गर्थ्यो ।

कुन तहसम्म रिटेन्सन लिने, कति जति जोखिम बाहिर पठाउनेसम्मका काममा उनले राम्रोसँग परामर्श गर्थिन् । उनका अनुसार ‘जीवन बीमाको जोखिम हस्तान्तरण नेटवर्थको आधारमा गरिन्छ । कम्पनीले नेटवर्थको यति प्रतिशतसम्म जोखिम बहन गर्ने र यति भन्दा माथि गए पछि पुनर्बीमामा पठाउने भन्ने हुन्छ ।’

उनले छोटो समयमै विभागीय प्रभुखको जिम्मेवारी पाइन् । नेपाल लाइफमा उनि दोस्रो महिला विभागीय प्रमुख हुन् । बीमा क्षेत्र महिलाका लागि त्यति राम्रो छैन भन्ने गरिन्छ । उनका अनुसार नेपाल लाइफमा भने पहिलादेखिनै महिलालाई त्यति धेरै प्राथमिकता पनि थिएन र विभेदको वातावरण पनि थिएन ।

काठमाडौं मै जन्मिएकी हुर्किएकी शर्माको पारिवारिक वातावरण कर्मचारी मैत्री थियो । परिवारका सबै सदस्यहरु सरकारी कर्मचारी भएकाले उनलाई जागिर गर्न प्रोत्साहन थियो । लैनचौर कन्या माध्यमिक विद्यालयबाट २०४६ सालमा एसएलजी उत्तीर्ण गरेकी शर्माले शंकरदेव क्याम्पसबाट आइकमको अध्ययन पुरा गरिन् । पब्लिक युथ क्याम्पसबाट स्नातक गरेकी शर्माले पब्लिक एड्मिनिष्ट्रेसनमा स्नातकोत्तर पुरा गरिन् ।

अध्ययनकै क्रममा २० वर्षको उमेरमा विवाह भयो । नेपाल लाइफमा प्रवेश गर्दा २ वर्षको छोरालाई हेरचाह गर्नु पर्ने अवस्था थियो । श्रीमान नेपाल बैंकको कर्मचारी भएकाले जागिर गर्नु पर्छ भन्ने कुरामा साथ सहयोग थियो । विवाह पछि उनलाई जागिर, अध्ययन र बालबच्चाको हेरचार गर्नु आफैमा कम्ता  चुनौतीपुर्ण थिएन । जागिरसँगै परिवार धान्नु पर्ने, छोराको हेरचाह, पढाइलाई व्यवस्थापन गर्नु पर्ने । तर परिवारले हरेक कुरामा साथ दिदा उनले त्यस्ता दिनलाई पनि सजिलै पार गरिन् । संयुक्त परिवार भएकाले छोराको हेरचाहमा भने उनले त्यतिधेरै गाह्रो महशुस गर्नु परेन ।

बीमा कम्पनीको काम अन्य जागिर जस्तो सहज छैन । उनि भन्छिन् ‘त्रैमास तथा आर्थिक वर्षको मसान्तको समयमा धेरै नै काम गर्नु पर्छ । कहिलेकाही राती ११-१२ बजेसम्म काम गर्नु पर्ने अवस्थामा पनि परिवारले बुझिदिनु हुन्थ्यो ।’ उनको सौभाग्य खासै असहज परिस्थति भोग्नु परेन ।

उनको सेवा अवधिमा ७ जना प्रमुख कार्यकारी अधिकृत फरिए । बीमा कम्पनीहरुमा कतिपय महिला कर्मचारीलाई कुनै सिइओ हुँदा धेरै सहज हुने र कुनै सिइओ आउदा काम नै गर्न नसक्ने कर्नरिङ हुनु पर्नेसम्मका आवस्था आउने गर्छ । तर उनको सबैसँग व्यवसायिक सम्बन्ध बनाउने कलाले गर्दा कुनै पनि सिइओसँग नजिक वा टाढा भन्ने अवस्था रहेन । कसैसँग पनि धेरै गाह्रो तथा धेरै सजिलो भन्ने महशुस गर्नु परेन ।

आफुले नजानेको र नबुझेको विषयमा सकेसम्म इन्टरनेट, किताव, जर्नल, आर्टिकल मार्फत बुझ्ने प्रयास गर्थिन् । उनले स्व अध्ययनबाटै कुराहरु सिक्ने र बुझ्ने मौका पाइन् । तर पुनर्बीमाको विषयमा भने उनलाई धेरै गाह्रो पर्यो । यस विषयमा पढ्नका लागि खासै धेरै मेटेरियल पाइदैन थियो । कतिपय पुनर्बीमाको तालिममा समेत अण्डराइटिङकै विषय केन्द्रित हुन्थ्यो ।

तालिमकै दौरानमा भेट भएका विदेशीहरुसँग इमेल मार्फत सम्पर्क गरेर धेरै कुराहरु बुझ्ने गर्थिन् । यसका लागि उनले व्यक्तिगत रुपमा धेरै महिनेत गर्नु पर्यो । पुनर्बीमाको दौरानमा आइपर्ने समस्यालाई स्व अध्ययन तथा विदेशीहरु सँगको सल्लाहमा समाधान गर्थिन् । पुनर्बीमा प्रतिको लगावका कारण उनले कम्पनीको तर्फबाट धेरै पटक राष्ट्रिय अन्तर्राष्ट्रिय समेनार तथा तालिममा सहभागी हुने मौका पाइन् ।

नेपाल लाइफको धेरै वटा प्रोडक्ट डिजाइन काम गरेकी शर्माले बीमा पोलिसीलाई राम्रो सँग बुझ्ने मौका पाइन् । उनका लागि नयाँ प्रोडक्ट ल्याउनु भन्दा अगाडी अन्य कम्पनीहरुले के कस्ता प्रोडक्ट ल्याएका छन् भनेर हेर्ने गरिन्छ । साथै बजारमा के कस्ता प्रोडक्टको आवश्यकता छ भन्ने विश्लेषण गर्ने तथा हेर्ने काम गरिन्छ ।

नेपाल बीमा प्राधिकरणले जहिले पनि नयाँ नयाँ बीमा पोलिसी चाहियो भन्दै गर्दा त्यो व्यवहारिक रुपमा सहज नहुने शर्माको तर्क छ । उनले भनिन् ‘बजार पनि हेर्नु पर्छ । सबै नयाँ प्रोडक्टलाई बजारले चाहदैन । बजारमा बिक्री हुने खालको बीमा पोलिसी ल्याउनु पर्छ । नयाँ बीमा पोलिसी र नयाँ फिचर राख्ने वित्तीकै बीमा शुल्क पनि त्यहि अनुसार महंगो हुन्छ ।’

तर बजारमा सबैको चाहना बीमा गरे पछि दोब्बर हुनै पर्छ भन्ने मानसिकता रहेको हुन्छ । जुन सुकै कम्पनीले नयाँ बीमा पोलिसी भने पनि त्यसमा केहि फिचरलाई मात्रै थप्ने हो तर पुरै नयाँ हुँदैन । नेपालको सन्दर्भमा सामान्य सावधिक जीवन बीमा पोलिसी नै सबैभन्दा राम्रो प्रोडक्ट हो । बीमा पोलिसी बनाउदा धेरै काम गर्नु पर्छ । आजको दिनमा शर्मा पोलिसी निर्माणका क्रममा कन्सल्ट्यान्टको रुपमा काम गर्न सक्ने भइसकेकी छिन् । यो उनको मात्रै सफलता होइन समग्र बीमा क्षेत्रमा काम गर्ने महिलाहरुका लागि हौसला मिल्ने विषय पनि हो ।

नेपाल लाइफमा प्रवेश गर्दा शर्माको विशुद्ध तलब ६५०० रुपैयाँ थियो । शर्माले आफ्नो नेपाल लाइफको २१ वर्ष १० महिनाको यात्रालाई टुङ्गाएर गत चैतमा विदा भइन् । स्वास्थ्यको कारणले गर्दा शर्माले कम्पनीको भिआरएस सुविधा लिएर गत चैत महिनामा प्रबन्धक पदबाट अवकास लिइन् । उनले अवकास पाउदा विशुद्ध तलब एक लाख ५० हजार रुपैयाँ थियो । यस बाहेक उनले अन्य विभिन्न सेवा सुविधा समेत पाउथिन् । कम्पनीले उनलाई जागिर नछाड्न धेरै अनुरोध पनि गर्यो । तर उनले तत्कालका लागि स्वास्थ्यलाई केन्द्रमा राखेर विदा लिने निर्णय गरिन् ।

उनको यो उपलब्धीले बीमा क्षेत्रमा काम गर्ने सम्पुर्ण महिलाहरुलाई नै उत्प्रेरित गर्दछ । उनका अनुसार बीमा क्षेत्रमा आइसे पछि काममा धेरै नै लगनशिल हुनै पर्छ ।’

एउटै काममा मात्रै एकोहोरो फोकस भएर मात्रै पुग्दैन । बीमा क्षेत्र मार्केटिङ बेस हुने भएकाले अभिकर्ताहरुसँग पनि उत्तीकै राम्रो सम्बन्ध बनाउन सक्नु पर्छ । बीमा कम्पनी प्राविधिक रुपमा बलियो भएर मात्रै पुग्दैन व्यवसाय पनि भित्र्याउन सक्नु पर्छ । अभिकर्ता, कर्मचारी साथिहरुसँग सौहार्द वातावरण बनाउन सक्नु पर्छ । साथ साथै आफुमा ज्ञान पनि हुनु पर्छ । उनका अनुसार ‘डेडिकेट भएर लाग्यो भने सफलता हासिल गर्न धेरै गाह्रो पर्दैन । बीमा क्षेत्रमा महिलाहरुको पनि राम्रो भविष्य रहेको छ । शाखा कार्यालायमा समेत धेरै महिला कर्मचारी छन् ।’

बीमा क्षेत्र बैंक जस्तो टेलरमा बसेको भरमा सञ्चालन हुँदैन । बीमा पोलिसी बिक्रीका लागि अभिकर्ताको ठुलो सञ्जाल निर्माण गरिएको हुन्छ । अभिकर्ताको सञ्जाल प्रयोग गरेर कम्पनीमा व्यवसाय भित्र्याउनु पर्छ । जसका लागि कर्मचारीहरुमा मार्केटिङ गर्ने स्किल हुनु पर्छ । त्यसैले कर्मचारीहरु सधै दवावमा हुन्छन् । रिता भन्छिन बीमा  क्षेत्र बाट टाढा नभई कुनै स्टाटप लिएर आउने इच्छा छ।

बीमा क्षेत्रमा महिला पुरुष दुबैलाई उत्तीकै दवाव रहेने शर्माको तर्क छ । शर्मा भन्छिन् ‘बीमा क्षेत्रमा महिला र पुरुष दुबैलाई उत्तीकै दवाव रहन्छ । बीमा क्षेत्रको दवाव पुरुषले भन्दा पनि महिलाले अझ बढि व्यवस्थान गर्न सक्छन् ।’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

7%

दु :खी

3%

अचम्मित

17%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS