काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा तीन कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३ दशमलव ३१ कित्ता, यूनियन लाइफ इन्स्योरेन्सको १९ लाख २८ हजार ५५० कित्ता र पोखरा फाइनान्सको ४ लाख १६ हजार ३६७ दशमलव ९२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
महालक्ष्मी विकास बैंकको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । त्यस्तै यूनियन लाइफ इन्स्योरेन्सको माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ९७ प्रतिशत र पोखरा फाइनान्सको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनश शेयर सूचिकृत भएको छ ।
यी तीन कम्पनकिो बोनश शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।