Prabhu Life Ad Final

एनसेलकाे नेतृत्व सम्हाल्न आउँदैछन् जमैकाकाे डिजी सेलका पूर्व सिइओ कायुमाेब

IME PAY
IME Life

काठमाण्डाै‌ । नेपालकाे दाेश्राे ठूलाे दूर स‌ंचार सेवा प्रदायक एनसेल एजियाटा लिमिटेडकाे नेतृत्व सम्हाल्नका लागी उत्तर अमेरिकाकाे दूर स‌ंचार कम्पनी डिजिसेल जमैकाका पूर्व प्रमुख कार्यकारी अधिकृत जब्बर कायुमाेब नेपाल आउने भएका छन् ।

नेपालकाे निजी क्षेत्रकाे दूर स‌ंचार कम्पनी एनसेलमा उनका लागी याे दाेश्राे नियुक्ति हुनेछ । यसअघि सन् २०११ देखि १२ काे अवधिमा उनी एनसेल प्रा.लि. मा चिफ कमर्शियल अफिसर(प्रमुख व्यापार अधिकृत) पदमा कार्यरत थिए । एनसेलबाट बाहिरिए पछि उनी सन् २०१३ देखि २०१६ सम्म निजी क्षेत्रकाे दाेश्राे ठूलाे दूर संचार प्रदायक स्मार्ट टेलिकममा प्रमुख कार्यकारी पदमा कार्यरत थिए ।

एनसेल एजियाटाकाे प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी पाउनु दुई महिना अघि मात्र गत १७ जनवरीमा उनले साढे दुई वर्ष काम गरेर जमैकाकाे डिजि सेल कम्पनीकाे प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका थिए ।

उनीसँग ताजिकिस्तानकाे दूर संचार कम्पनीहरु टि सेल र भिइयाेनमा समेत प्रमुख कार्यकारी पदमा काम गरेकाे अनुभव रही सकेकाे छ।

कायुमाेब पूर्व साेभियत यूनियनकाे हिमाली भेग ताजिकिस्तानमा जन्मिएका हुन् । ४२ वर्षिय उनी हाल सपरिवार दुबईमा बसाेबास गर्दै आएकाे जमैकाकाे स‌ंचारमाध्यमले उल्लेख गरेका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS