IME Life

युनाइटेड र अजोड विच मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर, स्वाप रेसियो कति ?

SPIL
NIC ASIA

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी विच मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर भएको छ । दुई कम्पनीले गएको पुस २६ गते मर्जरको प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जरको प्रारम्भिक सहमति पछि गरिएको डिडिए मूल्याङ्कन प्रतिवेदन अनुसार युनाइटेड र अजोड विच स्वाप रेसियो १०० बराबर ८२.५० कायम गरिएको छ । प्रारम्भिक सहमतिपत्रमा डिडिए मूल्याङ्कन पछि स्वाप रेसियो तय गरिने सहमति भएको थियो । तत्कालिन समयमा १०० बराबर ९० को अनुपातमा मर्जर हुने चर्चा थियो ।

Prabhu
Crest

मर्जर पछि कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी हुनेछ । मर्जर पछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अजोडका आजाद श्रेष्ठ हुने तय भएको छ । प्रमुख कार्यकारी अधिकृतमा भने को हुने भनेर अझै तय गरिएको छैन । जवकी युनाइटेड प्रमुख कार्यकारी अधिकृत विहिन छ ।

अन्तिम सहमतिपत्रमा हस्ताक्षर भए सँगै दुबै कम्पनीले विशेष सधारणसभा आह्वान गर्नेछन् । साधारणसभाले मर्जरको विशेष प्रस्ताव गरे पछि एकिकृत कारोबारको ढोका खुल्नेछन् । यदि छिटो छिटो काम भयो भने आगामी बैशाख भित्रै एकिकृत कारोबार गर्ने दुबै कम्पनीको योजना छ ।

अजोड र प्रभु विचको मर्जर भाडिए पछि युनाइटेड सँग मर्जरको सहमति भएको थियो । प्रभु र अजोड विचमा स्वाप रेसियोका विषयमा सहमति हुन सकेको थिएन । प्रभुले आफ्नो सम्पत्तीको मूल्याङ्कन धेरै रहेको भन्दै अजोडलाई प्रारम्भिक सहमति अनुसार ७० रुपैयाँ भन्दा पनि कम मूल्य दिए पछि मर्जर भाडिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS