IME Life

अर्थतन्त्रको कठिन मोडमा अर्थमन्त्री डा. महतले लिए शपथ, अर्थशास्त्रमा पिएचडी सहित यस्तो छ उनको वायोडाटा

SPIL
NIC ASIA

काठमाडौं । अर्थतन्त्र संकटमा रहेको अवस्थामा डा. प्रकाश शरण महतले अर्थमन्त्रीको शपथ ग्रहण गरेका छन् । आजैदेखि उनले अर्थमन्त्रालयको बागडोर सम्हालेका छन् । अहिले अर्थतन्त्र कठिन मोडमा रहेको छ । सरकारको खर्च राजश्व संकलन भन्दा धेरै नाघिसकेको छ । मूल्य बृद्धिले आम नेपाली प्रताडित छन् । बैंकिङ तरलता नहुँदा बैंकिङ प्रणाली ठप्प हुँदै गएका छन् । अर्थतन्त्र चलायमान हुन नसक्दा अर्थतन्त्रको चक्र नै रोकिउको छ ।

यस्तो समयमा नेपाली कांग्रेसले अर्थशास्त्रमा पिएसडी गरेका महतलाई अर्थमन्त्रालयको जिम्मेवारी सुम्पिएको हो । उर्जामन्त्रीको रुपमा परिक्षण भइसकेका महतलाई नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र उनकी पत्त्री आरजु राणाले विश्वासका साथ सरकारमा पठाएका हुन् । खास गरी देउवा दम्पत्तीले अर्थमन्त्रालयमा आफ्ना विश्वासिला पात्र पठाउने क्रममा महतले जिम्मेवारी पाएका हुन् । उनका दाई डा. रामशरण महत पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाका विश्वास पात्र थिए । उनले सफल अर्थमन्त्रीको पहिचान बनाए । अव भइ प्रकाश शरणको परिक्षणको घडी आइपुगेको छ ।

Prabhu
Crest

महतको राजनीतिक जीवन कक्षा ७ मा अध्ययनरत रहदा नै नेपाल विद्यार्थी संघबाट सुरु भएको थियो । उनले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा सक्रिय भुमिका निर्वाह गरेका थिए । २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए ।

महतले २०५५/५६ देखि नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका थिए । उनि २०५९ देखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहदै आएका छन् ।

उनले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मंसिरमा सम्पन्न प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका निर्वाह गरेका थिए । सुरुवातदेखिनै देउवाको पक्षमा उभिएका महतले अर्थतन्त्र संकटमा फसेको समयमा पनि अर्थमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । जवकी यस समयमा पार्टी भित्र र बाहिरबाट अर्थतन्त्र र राजनीतिलाई राम्रो बुझेका परिक्षण नभएको व्यक्तिको खोजि गरिरहेका थिए । देउवाको हठ पछि उनि अर्थमन्त्री बन्न सफल भएका छन् ।

२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा आरम्भ गरेका महतले पहिलो संविधानसभा २०६४ देखि २०६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म विधायकको रुपमा काम गर्ने मौका पाए ।

महत २०५८ चैतदेखि २०५९ असोजसम्म राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका थिए । महतले २०६१ जेठदेखि २०६१ माघ १९ सम्म परराष्ट्र मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी पाएका थिए । २०६६ देखि २०६७ सम्म (सन २००९ देखि २०११ सम्म) उहाँ ऊर्जा मन्त्रीको जिम्मावरी पाएका थिए ।

ऊर्जा क्षेत्रको जिम्मेवारी पाएको बेलामा नै अहिले राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय गरेका थिए । भूकम्प, नाकाबन्दी, बाढी पहिरो र अन्य अवरोधका कारण ढिलो भएपनि अहिले आयोजनाको निर्माण सम्पन्न भइसकेको छ ।

सोही अवधिमा नै नेपाल र भारतको बीचमा अन्तरदेशीय प्रशारण लाईन निर्माण गर्ने निर्णय भएको थियो । ढल्केवार–मुजफ्पुर ४०० के.भी. प्रशारण लाइनको निर्माणले नेपालको लोडसेडिङ् अन्त्य गरी सबै नेपालीलाई उज्यालोतिर लम्किन प्रेरित गरको उनका पक्षधरहरुको दाबी छ ।

नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बेला २०७३ देखि २०७४ सम्म डा. महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । यो समय नेपालको तराईमा भएको आन्दोलनले भारतले नेपालमा नाकाबन्दी गरेर नेपाल–भारत सम्बन्ध निकै तल्लो स्तरमा पुगेको अवस्था थियो ।

उनले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएच डी उपाधि हासिल गरेका छन् । उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र ( पोलिसि इकोनोमिक्स)मा स्नातकोत्तर गरेका थिए । महतले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा नीतिगत तथा अनुसन्धान पत्रहरु प्रस्तुत गरेका डा.महतका आर्थिक विकास,शान्ति प्रकृया, परराष्ट्र सम्बन्धमा विभिन्न लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गर्नका साथै उनले “नेपाली कांग्रेस एण्ड नेशन बिल्डिड.” नामक पुस्तक लेखेका थिए ।

प्रकाश शरण महत, पीएच. डी.

जन्म मितिः     १९ कार्तिक २०१६

जन्म स्थानः     कविलास, पञ्चकन्या गाउँपालिका–२,नुवाकोट

नागरिकताः      नेपाली

वैबाहिक स्थितिः  बिबाहित र दुई सन्तान

शिक्षाः

  • पीएच डी,अर्थशास्त्र,साउथर्न इलिनोइस युनिभर्सिटी,कार्बनडेल, इलिनोइस,संयुक्त राज्य अमेरिका
  • स्नातकोत्तर अर्थशास्त्र, इलिनोइस विश्वविद्यालय,अर्बाना क्याम्पेन,इलिनोइस,संयुक्त राज्य अमेरिका(यस उपाधिको लागि फुलब्राइट छात्रवृत्ति प्रदान गरिएको थियो)
  • स्नातकोत्तर अर्थशास्त्र,त्रिभुवन विश्वविद्यालय

राजनीतिक र व्यवसायिक जीवनको पृष्ठभूमि

  • २०७९ पौष ३ मा प्रतिनिधि सभा सदस्य निर्वाचित
  • २०७८ देखि हालसम्म प्रवक्ता, नेपाली कांग्रेस
  • २०७२ देखि २०७८ सम्म सहमहामन्त्री, नेपाली कांग्रेस
  • २०७३ देखि २०७४ सम्म परराष्ट्र मन्त्री
  • २०७० देखि २०७४ सम्म दोस्रो संविधान सभा तथा व्यवस्थापिका संसदको सदस्य
  • २०७० देखि २०७२ सम्म संविधान मस्यौदा समितिका सदस्य,संविधान सभा
  • २०७० देखि २०७२ सम्म सदस्य, जलस्रोत तथा कृषि समिति, व्यवस्थापिका संसद
  • २०६६ देखि चैत्र २०६७ सम्म ऊर्जा मन्त्री
  • २०६४ देखि २०६९ सम्म सदस्य, पहिलो संविधान सभा तथा व्यवस्थापिका संसद
  • २०६५ देखि २०६९ सम्म सदस्य, राज्य व्यवस्था समिति, व्यवस्थापिका संसद
  • २०६५ देखि २०६९ सम्म ,सदस्य, सरकारको स्वरुप तथा निर्वाचन पद्धतिसम्बन्धी संवैधानिक समिति, संविधानसभा, नेपाल
  • २०६४ देखि हालसम्म, नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिका सदस्य
  • २०५९ देखि २०६४ सम्म केन्द्रीय सदस्य नेपाली कांग्रेस (प्रजातान्त्रिक)
  • २०६३ देखि २०६४फागुन, सदस्य, अन्तरिम व्यवस्थापिका संसद, नेपाल
  • २०६४ बैशाखदेखि २०६४ फागुनसम्म (२००७ मई–२००८) आर्थिक समिति सदस्य, अन्तरिम व्यवस्थापिका संसद
  • २०६४ जेठदेखि २०६४ फागुनसम्म(२००७ जुन–२००८), सदस्य, राज्य पुनर्संरचना विशेष संसदीय समिति
  • २०६४ जेठदेखि २०६४ फागुनसम्म (२००७ जुन–२००८), सदस्य, शान्ति तथा पुनर्निर्माण मन्त्रालयका लागि आठ राजनीतिक दलका परामर्श समिति
  • २०६४ साउनदेखि २०६४ जेठसम्म(२००७ अगष्ट–जुन २००८), सदस्य, आन्दोलनरत विभिन्न समूहसंग वार्ता गर्ने सरकारी समिति
  • २०६३ देखि चैत्र २०६४ सम्म(२००६–अप्रिल २००७), सदस्य, शान्ति संझौता तथा अन्तरिम संविधानलाई अन्तिम रुप दिने आठ दलीय शीर्ष नेतृत्व बैठक
  • २०६३ देखि २०६४ जेठसम्म(२००६–जुन २००७), सदस्य,राष्ट्रिय शान्ति समिति,शान्ति वार्ता र शान्ति संझौतामा सहजीकरण गरी वार्ता र संझौताको तयारी गर्न नेपाल सरकारद्धारा गठित समिति
  • २०६१ जेठदेखि २०६१ माघ १९ सम्म, परराष्ट्र राज्यमन्त्री ¬(प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्)
  • २०५८ चैत्रदेखि असोज २०५९ सम्म, सदस्य, राष्ट्रिय योजना आयोग
  • २०५८ असोजदेखि २०५९ बैशाखसम्म,सल्लाहकार, प्रधानमन्त्री शेरबहादुर देउवा
  • २०५६ सदस्य सचिव, माओवादी समस्या समाधान उच्चस्तरीय समिति(शेरबहादुर देउवाको अध्यक्षतामा नेपाल सरकारद्धारा गठित)
  • २०४० देखि २०४४  सम्म महामन्त्री नेपाल विद्यार्थी संघ,नेपाली कांग्रेसको विद्यार्थी फाँटको भातृ संगठन
  • विद्यार्थीकालमा सक्रिय रुपमा राजनीतिमा लागेदेखि नै प्रजातन्त्र पुनःस्थापनाका लागि भएका प्रायः सबै आन्दोलनमा सहभागिता र नेतृत्वदायी भूमिका निर्वाह
  • लोकतान्त्रिक आन्दोलनका क्रममा अनेकौ पटक जेल

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS