IME Life

बीमा कम्पनीहरुलाई अन्तिम पटक नविकरण गर्न प्राधिकरणको निर्देशन, रिन्यु फेल भएका कम्पनी सञ्चालनमा !

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरु पुरानो बीमा ऐन २०४९ अनुसार नविकरण नै नभइ सञ्चालन भएको पाइएको छ । बीमा ऐन २०४९ को दफा ११ मा बीमा कम्पनीहरुले चैत मसान्त भित्रमा नविकरण गर्नु पर्ने व्यवस्था छ । बीमा कम्पनीहरुले ऐन अनुसार नविकरण नगर्दा अहिले आएर समस्या देखिएको हो ।

गएको कार्तिक २२ गतेदेखि लागु भएको नयाँ बीमा ऐन २०७९ मा बीमा कम्पनीले नविकरण गर्न नपर्ने व्यवस्था गरिदिएको छ । यस ऐन अनुसार यहि कार्तिकमै बीमा कम्पनीहरुले नविकरण गर्न नपर्ने कानुन विदहरुको राय छ । तर बीमा प्राधिकरणले बिहीबार एउटा सूचना जारी गर्दै पुरानो बीमा ऐन २०४९ को व्यवस्था बमोजिम रिन्यु फेल भएका कम्पनीहरुलाई यहि २०७९ चैत मसान्तसम्ममा अन्तिम पटकका लागि नवीकरण गर्न निर्देशन दिएको छ ।

Prabhu
Crest

प्राधिकरणको यस्तो निर्देशनले बीमा कम्पनीहरु नविकरण बीनानै सञ्चालन भएको देखिएको हो । पुरानो व्यवस्था अनुसार गत वर्षको चैत मसान्तमा नविकरण गरेका बीमा कम्पनीको लाइसेन्स यहि चैत मसान्तसम्मका लागि योग्य रहन्छ । यसै ऐनको दफा ११ को उपदफा एकमा चैत मसान्त भित्रमा नविकरण गर्नु पर्ने व्यवस्था रहेको छ भने उपदफा २ मा नविकरण नगर्ने बीमा कम्पनीहरुलाई ३० दिनको म्याद दिन सक्ने व्यवस्था छ ।

तर अधिकाम्स पुराना बीमा कम्पनीहरुले नविकरण नै नगरेको पाइए पछि प्राधिकरणले पुरानै व्यवस्था अनुसार यहि चैत मसान्त भित्रमा नविकरण गर्न सूचना जारी गर्नु परेको हो । गएको चैतमा नविकरण गरेका बीमा कम्पनीहरुले भने नविकरण गर्नु नपर्ने प्राधिकरणले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS