IME Life

शाओमीद्धारा दुई बाल आश्रमलाई शैक्षिक र स्वास्थ्य सामग्री हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । शाओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी बाल आश्रम हो । यी दुबै संस्थाहरु गोदावरीमा अबस्थित छन् ।

शाओमी नेपाल अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रूपमा संलग्न छ । साथै यसले समुदायको सेवाका लागि धेरै कल्याणकारी कार्यहरू गर्दै आएको छ ।

Prabhu
Crest

शाओमीले आफ्नो व्यापारिक उत्पादन तथा सन्चालनसँग मिल्दोजुल्दो क्षेत्रहरूमा योगदान दिँदै समुदायको विकासमा योगदान गर्दै आएको छ । शाओमीले समुदायमा सकृय रुपमा विभिन्न सामाजिक कल्याणकारी कार्यक्रमहरु आयोजना गर्दै आएको छ । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा शाओमीले गोदावरी स्थित मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई २०० भन्दा बढी स्कूल ब्याग,स्टेशनरी सामानहरु,फुटबल,बास्केटबल,मास्क र सेनिटाइजरहरू प्रदान गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पाण्डेले यी संस्थाहरूलाई सहयोग हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको बारेमा टिप्पणी गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पण्डाले भन भने, “हाम्रो उद्देश्य सकेसम्म धेरै मानिसहरूसम्म पुग्नु र विद्यार्थीको शिक्षाको लागि समावेशी वातावरण सिर्जना गर्नु हो। हामीले यसलाई हाम्रो मिसन शिक्षा बनाएका छौं । यो अभियानको निरन्तर प्रयास र अन्तिम लक्ष्य ‘सबैका लागि शिक्षा’ हुनेछ । यस्ता कार्यक्रमहरुले व्यवसायलाई दीर्घकालीन रुपमा समाज, सर्वसाधारण र कम्पनी कै आवश्यकतालाई सम्बोधन गर्दछन् भन्ने कुरा मा हामी विश्वास गर्दछौँ ।”

शाओमीले यसअघि पनि विभिन्न परोपकारी कार्यक्रमहरू आयोजना गरिसकेको छ र भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS