Prabhu Life Ad Final

सगरमाथा इन्स्याेरेन्सले दिंदैछ दैनिक रु. ८ मै १० लाख रुपैयाँकाे दुर्घटना बीमा

IME PAY
IME Life

काठमाण्डाै‌ । सगरमाथा लुम्बिनी इन्स्याेरेन्सले दैनिक ८ रूपैयाँ बीमाशुल्कमा १० लाख रूपैयाँकाे दुर्घटना बीमा सुविधा उपलब्ध गराई रहेकाे छ। सलिकाे आराेग्य हेल्थ बीमा याेजना अन्तर्गत सगरमाथा लुम्बिनी इन्स्याेरेन्सले दैनिक ८ रुपैयाँ २१ पैसा बीमाशुल्क भुक्तानीमा दुर्घटना बीमावापत रु १० लाखकाे साथै स्वास्थ्य बीमावापत रु २ लाख र घातक राेगकाे उपचारका लागी थप २ लाख रुपैयाँ क्षतिपूर्ती पाउने सुविधा प्रदान गरिरहेकाे हाे ।

सगरमाथा लुम्बिनी इन्स्याेरेन्का अनुसार आराेग्य हेल्थ बीमा याेजना अन्तर्गत समूह ख राेज्ने बीमितले दैनिक ८ रुपैयाँ २१ पैसाकाे दरले एकमुष्ठ रु ३ हजार रुपैयाँ भुक्तानी गरेर यी सुविधाकाे लाभ लिन सक्नेछन् ।

आराेग्य हेल्थ बीमा याेजनाकाे समूह क अन्तर्गत दैनिक  ४ रूपैयाँ ३८ पैसाकाे दरले वार्षिक एकमुष्ठ रू १ हजार ६ सय भुक्तानी गरेर अन्तर्गत बीमितले रू ७ लाखकाे दुर्घटना बीमा, रू १ लाखकाे स्वास्थ्य उपचार बीमा र थप रू १ लाखकाे घातक राेग उपचारकाे सुविधा पाउनेछन् ।

यसैगरी दैनिक २२ रूपैयाँका दरले एकमुष्ठ एक वर्षकाे ८ हजार रूपैयाँ भुक्तानी गरेर बीमितले समूह ग अन्तर्गतकाे बीमा याेजना सुविधा राेज्न सक्नेछन् । याे याेजनामा बीमितले रू १० लाखकाे दुर्घटना बीमा, रू ५ लाखकाे स्वास्थ्य उपचार बीमा र थप रू १० लाखकाे घातक राेग उपचारकाे सुविधा पाउनेछन् ।

सीमित आम्दानी हुने वर्ग र स‌ंस्थागत ग्राहकहरूकाे कर्मचारी, मजदुर वा शिक्षण संस्थाका विद्यार्थीलाई लक्षित गरेर याे बीमा याेजना लागू गरिएकाे हाे ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

92%

खुसी

0%

दुःखी

0%

अचम्मित

8%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS