IME Life

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको नवौं वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको संरक्षकमा राजेशकाजी श्रेष्ठ तथा मानार्थ सदस्यमा ध्रुवकुमार श्रेष्ठ चयन भए भने कार्यसमितिको निवर्तमान अध्यक्षमा नवराज ढकाल र वरिष्ठ उपाध्यक्षमा अरनिको राजभण्डारी निर्वाचित भएका छन् ।

Prabhu
Crest

संघको दुई उपाध्यक्षमा निरज श्रेष्ठ र मनोज ज्ञवाली तथा महासचिवमा तीर्थबहादुर रोका, कोषाध्यक्षमा पवन अग्रवाल र दुई सचिवमा रोमनाथ घिमिरे र मनोज श्रेष्ठ बडेल निर्वाचित भएको संघले जनाएको छ ।

कार्यसमिति सदस्यहरुमा अरुण केसी, अन्ना मारिया, बसुमाया तामाङ, बीणा प्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैंजु, विनोद सग्तानी र वीरेन्द्र शाही चयन भएका छन् ।

यस्तै, संघको अन्य सदस्यहरुमा किसान सुनार, किशोर भट्टराई, साम्बा लामा, सञ्जय अग्रवाल सर्राफ, सारिक बोगटी, शम्भु लामा, सुमित धानुका, सुशील जैन, सुभाशविक्रम शाह र युगेश बादे श्रेष्ठ निर्वाचित भएको जनाइएको छ ।

नवनिर्वाचित कार्यसमितिले नेपाल र इटलीबीच व्यापार, लगानी, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पु-याउने लक्ष्य लिएको छ । नेपाल र इटलीबीच व्यापारघाटा कम गर्न नेपाली वस्तुको निकासी बढाउन पहल गर्ने संघले जनाएको छ ।

संघको साधारणसभालाई गतसाता उपप्रधान तथा भौतिक पूर्वाधार र यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS