Prabhu Life Ad Final

नेको इन्स्योरेन्सको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

IME PAY
IME Life

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले यस वर्ष प्रस्ताव गरेको १५ प्रतिशत बोनश शेयर वितरण गरेको छ । कम्पनीले गत माघ १५ गते २७औं वार्षिक साधारण सभामार्फत उक्त बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । उक्त सभामार्फत कम्पनीले बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत पारित गरेको थियो ।

कम्पनीले वार्षिक साधारण सभा सम्पन्न भएको दुई महिनाभित्र बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको जनाएको छ । हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूको हकमा भने खाता खोलेपछि जम्मा गरिने कम्पनीले बताएको छ ।

कम्पनीले २७औं वार्षिक साधारण सभा प्रयोजनका लागि माघ ३ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा माघ २ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनश शेयर प्राप्त गरेका छन् ।

माघ २ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनश शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको छ । राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS