IME Life

फागुन महिनामा प्रथम बीमा शुल्क आर्जन २८ प्रतिशतले घट्यो, कयौं शाखा व्यवसाय विहिन बन्दै

SPIL
NIC ASIA

काठमाडौं । फागुन महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जनमा २८ प्रतिशतले गिरावट आएको छ । समग्र आर्थिक क्षेत्रमै मन्दी आउदा जीवन बीमा व्यवसायमा पनि प्रभाव देखिएको छ । जीवन बीमा कम्पनीहरुको बृद्धिदरको मापनको एक महत्वपुर्ण सूचक ‘प्रथम बीमा शुल्क आर्जन’ विगत केहि महिनादेखि लगातार घट्ने क्रम जारी छ ।

चालु आर्थिक वर्षको फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १८ अर्ब ५५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । जवकी गएको वर्षको फागुन महिनामा जीवन बीमा कम्पनीहरुको यस्तो आर्जन २५ अर्ब ९० करोड थियो ।

Prabhu
Crest

जीवन बीमा कम्पनीका कयौ शाखा कार्यालयहरु व्यवसाय विहिन बन्दै गइरहेका छन् । कम्पनीहरुले कर्मचारी र अभिकर्तालाई जति सुकै टार्गेट दिदा पनि व्यवसाय आउन सकेको छैन । पछिल्लो समय समग्र अर्थतन्त्रमा मन्दी आउदा बीमा क्षेत्रमा पनि प्रभाव परेको नेपाल जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलको विश्लेषण रहेको छ । उनले भने ‘अर्थतन्त्रका अन्य क्षेत्रमा जस्तै बीमा क्षेत्रको पनि कन्फिडेन्स लुज देखिएको छ ।’

मानिसहरु बीमा नै गर्न नसक्ने अवस्थामा भने नपुगेको उनको तर्क छ । देशको अर्थतन्त्र अझै के हुन्छ भन्न नसकिने भएकाले बीमा पोलिसी खरिद गर्ने योजनामा रहेकाहरु पनि पर्ख र हेरको अवस्थामा रहेको उनको विश्लेषण छ । निम्न र मध्यम वर्गका केहि मानिसहरुलाई मन्दीले राम्रै असर गरे पनि नियमित आम्दानी भएका र वैदेशिक रोजगारमा गएका नेपालीको परिवारमा अहिले आर्थिक रुपमा त्यति ठुलो समस्या छैन ।

सामाजिक कार्यहरुका लागि मानिसहरुले सजिलै खर्च गरिरहेका छन् । अर्को तर्फ आन्तरिक पर्यटनको गतिविधिलाई नियाल्यो भने उपत्यका बाहिरका होटल विदाको समयमा प्राय भरिएकै पाइन्छ । यदि मानिसहरु सँग पैसा नै हुँदैन थियो भने यस्तो अवस्था रहदैन थियो । अहिलेको जटिल अवस्थामा आम मासिहरुलाई जोखिमको महत्व बुझाउदै लैजानु पर्ने पौडेलको भनाइ रहेको छ ।

बीमा कम्पनीहरुले शाखा कार्यालयहरुलाई व्यवसायिक दवाव दिदा बीमा क्षेत्रमा केहि अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको छ । कम्पनी उच्च व्यवस्थापनको दावव थेग्न नसकेर कतिपय शाखा कार्यालयमा गलत हिसावले बीमित सँग पुरा पैसा नै नलिएर भए पनि बीमा गराउने गलत अभ्यास भएको पाइएको गुनासो आउन थालेका छन् ।

बीमा कम्पनीहरुले यस्तो अवस्थामा पुरानो शैलीबाट व्यवसाय गर्ने भन्दा पनि केहि नयाँ अभ्यासहरुको सुरुवात गर्नु पर्ने विश्लेषकहरुको भनाइ रहेको छ ।

कुन कम्पनीको व्यवसायमा कति गिरावट

प्रथम बीमा शुल्क आर्जनमा २८ प्रतिशतले गिरावट आउदा मर्जरको प्रकृयाँमा रहेका गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफको व्यवसायमा सर्वाधिक गिरावट आएको छ । गुराँसको मात्रै ५१.२७ प्रतिशतले व्यवसाय घटेको छ । मर्जरका कारण कम्पनीले कर्मचारी तथा अभिकर्तालाई कुनै दावव नदिइ सुनसान बसेको छ । त्यस्तै गएका वर्षमा आक्रामक व्यवसाय गर्दै आएको युनियनको पनि ४७.७४ प्रतिशतले व्यवसाय खुम्चिएको छ ।

सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्ने नेपाल लाइफको समेत २०.७९ प्रतिशतले व्यवसायमा गिरावट देखिन्छ । कम्पनीले यहि फागुनमा तीन अर्ब ४७ करोड नयाँ व्यवसाय गर्दा गएको वर्षमा ४ अर्ब ३८ करोड थियो । नेशनल लाइफको १८ प्रतिशतले घटेर २ अर्ब ३१ करोडमा झरेको छ । तेस्रो ठुलो बीमा शुल्क आर्जन गरेको सूर्योज्योति लाइफले एक अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षमा साविक दुई कम्पनीको कारोबारको तुलनामा २८ प्रतिशतले कमि हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

20%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS