IME Life

बाैद्धिक चाेरी राेक्न उद्याेग विभागमा पेटेन्ट दर्ता गर्ने क्रम बढ्याे, आठ महिनामै ५ वटा दर्ता

SPIL
NIC ASIA

काठमाण्डाै‌ । चालू आर्थिक वर्षकाे पहिलाे आठ महिनामा उद्याेग विभागले ५ वटा पेटेन्ट दर्ता गरिसकेकाे छ। विभागमा हालसम्म कूल ८६ वटा पेटेन्ट दर्ता भएकाेमा चालू आवकाे पहिलाे आठ महिनामै ५ वटा दर्ता हुन आएकाले बाैद्धिक सम्पत्तिकाे स‌ुरक्षाका लागी सम्बन्धित व्यक्ति र संस्थामा चासाे बढेकाे संकेत गरेकाे छ।

चालू आव २०७९।८० काे फागुनसम्ममा विभिन्न उद्याेग तथा व्यवसायले कूल ११ वटा डिजाइन दर्ता गराएका छन् । विभागमा शुरुदेखि फागुन मसान्तसम्ममा कूल २९६ वटा डिजाइन दर्ता भएकाे तथ्यांक छ।

Prabhu
Crest

विभागका अनुसार कूल दर्ता गरिएका ट्रेड मार्कमध्ये स्वदेशी कम्पनीकाे ८५१ वटा वस्तुकाे र १३३ वटा सेवा सम्बन्धी ट्रेड मार्क रहेका छन् । यसैगरी विदेशी कम्पनीले ८३५ वटा वस्तु ट्रेड मार्क र २२० वटा सेवा सम्बन्धी ट्रेड मार्क दर्ता गराएका छन् । विभागले स्थापनादेखि गत फागुन मसान्त सम्ममा कूल ५७ हजार ७७९ वटा ट्रेड मार्क दर्ता गरेकाे छ।

स्थानीय व्यापारीले अन्तर्राष्ट्रिय चल्तीका ब्राण्डहर हुबहु नक्कल गरेर अनधिकृतरूपमा दर्ता गर्न ल्याउँदा समेत विभागले नेपालमा विदेशी ब्राण्ड दर्ता हुन नआएकाे कारण जनाउँदै स्थानीय व्यापारीकाे ब्राण्ड दर्ता गरिदिएर बाैद्धिक सम्पत्ती चाेरीमा साझेदार बन्दै आएकाे छ। भारतीय प्रख्यात ब्राण्ड धारा तेलकाे धारा ब्राण्ड, पेप्सी कम्पनीकाे कुरकुरे ब्राण्ड र पेन्ट उत्पादक जापानी कम्पनी नेराेलेक पेन्ट्सकाे नेराेलेक ब्राण्ड विभागकाे संरक्षणमा भएकाे बाैद्धिक सम्पत्ती चाेरीकाे ज्वलन्त उदाहरण हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS