IME Life

एक सातामा ६० प्रतिशत अभिकर्ताको लाइसेन्स नविकरण गराउने बीमकहरुको प्रतिवद्धता

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरण र सम्पुर्ण जीवन बीमा कम्पनीहरुको अभिकर्ता शाखाका प्रमुखहरु सँग आज बुधबार लाइसेन्स नविकरणका विषयमा छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको छ । अभिकर्ता लाइसेन्स नविकरणको लागि खुला गरेको १० दिन वित्दा पनि जम्मा १२ प्रतिशतले मात्रै नविकरण गरे पछि प्राधिकरणले आज कार्यालयमै बोलाएर स्पष्टीकरण सोधेको थियो ।

प्राधिकरणले नविकरणका क्रममा केहि समस्या भए भन्न अनुरोध गरेको थियो । यदि नविकरणमा कुनै पनि समस्या छैन भने तत्काल अगाडी बढाउन निर्देशन दिएको छ । प्राधिकरणको यस्तो निर्देशन पछि बीमा कम्पनीहरुले एक साता भित्रमा ६० प्रतिशत अभिकर्ताको लाइसेन्स नविकरण गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Prabhu
Crest

बीमा कम्पनीले एक लाख ६३ हजार अभिकर्ताकर्ताको लाइसेन्स नविकरण गराउनु पर्नेछ । यस मध्ये हालसम्म २०/२१ हजारले मात्रै नविकरण गराएका छन् ।

बीमा ऐन अनुसार यहि चैत मसान्त भित्रमा अभिकर्ता लाइसेन्स नविकरण गराइसक्नु पर्छ । बीमा कम्पनी तथा अभिकर्ताहरुले जहिले पनि अन्तिममा गएर नविकरण गर्न खोज्दा समस्या हुँदै आएको छ । चैत अन्तिम सातामा आउने दवावलाई न्युनिकरण गर्न प्राधिकरणले अहिलेदेखिनै कम्पनीहरुलाई दवाव दिन सुरु गरेको हो ।

कर्मचारीहरुले संस्थागत अभिकर्ताको लाइसेन्स नविकरणमा समस्या देखिएको भन्दै समाधानको लागि अनुरोध गरेका थिए । एउटै संस्थागत अभिकर्ताले धेरै वटा बीमा कम्पनीहरुबाट लाइसेन्स लिएको हुँदा उनिहरुमा डुब्लिकेसनको ठुलो समस्या रहेको छ ।

नविकरणकै क्रममा पनि कतिपय संस्थागत अभिकर्ताले मोलबाइल नम्बर भन्दा पनि टेलिफोन नम्बर राखिदिदा ओटीपी हेर्न समस्या पर्दै आइरहेको छ । प्राधिकरणले संस्थागत अभिकर्तालाई मोबाइल नम्बर राखिदिन अनुरोध गरेको छ । नविकरणका हकमा बीमा कम्पनीहरुको आधिकारिक कागजपत्रलाई मात्रै प्राधिकरणले मान्यता दिने जनाएको छ ।

बीमा प्राधिकरणले ऐनमा भएको व्यवस्थालाई यहि चैत मसान्त भित्रमा पुर्ण रुपमा कार्यान्वयन गर्दैछ । आगामी चैत पछि कुनै पनि अभिकर्ता सँग एक भन्दा बढि बीमा कम्पनीको लाइसेन्स हुने छैन । यसैका लागि प्राधिकरणले विगत दुई तीन महिनादेखि लगातार काम गर्दै आइरहेको छ ।

अनलाइन प्रणाली निर्माण गर्नेदेखि लिएर अभिकर्ताको विवरण अध्यावधिक गर्ने काम गरिरहेको छ । यसले गर्दा बीमा प्राधिकरणले प्यान नम्बरबाटै दोहोरो अभिकर्ताको विवरण पत्ता लगाएको छ । सम्पुर्ण प्रणाली तयार हुँदा पनि किन नविकरणको संख्या नबढेको भन्दै प्राधिकरणले कम्पनीहरु सँग स्पष्टिकरण माग गरेको हो ।

गएका वर्षमा प्रणालीदेखि लिएर विभिन्न बहानामा प्राधिकरणले समय थप गर्ने गरेको थियो । तर यस पटक सम्पुर्ण प्रणाली राम्रो सँग सञ्चालन भएको हुँदा जरिवाना भुक्तानी नगरी नविकरणको अभियानलाई सफल पार्न प्राधिकरणले अनुरोध गरेको हो ।

अहिले लाइसेन्स लिनेले आगामी तीन वर्षसम्म नविकरण गराउनु पर्ने छैन । अर्को तर्फ नयाँ नियमावली नबन्दा अभिकर्ताले २ सय रुपैयाँमै नविकरण गराउने सुविधा प्राप्त गरेका छन् ।

अभिकाम्स बीमा कम्पनीहरुले अभिकर्ताको लाइसेन्स नविकरण आफैले गर्ने गरेका छन् । कतिपयले निश्चित बीमा शुल्क आर्जन गरे पछि आफैले नविकरण गरिदिने प्रावधान बनाएका छन् । कतिपयले भने अभिकर्ताको सञ्जाल ठुलो देखाउन आफैले नविकरण गरिदिने पनि गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS