IME Life

साविक लुम्बिनी जनरलका सिइओ एनपि प्रधान नेपाल पुनर्बीमाको सिनियर कन्सल्टेन्टमा नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । साविक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधान नेपाल पुनर्बीमा कम्पनीको बरिष्ठ सल्लाहकार ‘सिनियर कन्सल्टेन्ट’मा नियुक्त भएका छन् । प्रधान चैत एक गतेदेखि नै सल्लाहकारको रुपमा काम गर्दै आइरहेका छन् ।

साविक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जर भई गत फागुन २९ गतेदेखि एकिकृत कारोबार सुरु भएको थियो । मर्जर पश्चात साविक सगरमाथाका सिइओ चंकी क्षेत्री सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी भएका छन् ।

Prabhu
Crest

मर्जर कमिटीले क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिए पछि प्रधान बाहिरिएका थिए । प्रधान बाहिरिए सँगै नेपाल पुनर्बीमाले उनलाई विज्ञको रुपमा काम गर्न अनुरोध गरेको थियो । उनले विज्ञका रुपमा मात्रै काम गर्नेछन् । यसका लागि उनलाई कम्पनीले मासिक एक लाख रुपैयाँ पारिश्रमिक दिने छन् । उनले निर्जीवन बीमा विज्ञको रुपमा जिम्मेवारी भएका हुन् । प्रधान बीमा क्षेत्रमा धेरै लामो समयदेखि कार्यरत छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS