IME Life

अभिकर्ता नविकरणमा प्रगति नदेखिए पछि कम्पनीहरुलाई प्राधिकरणमा उपस्थित हुन निर्देशन, १२ % ले नविकरण गर्दा कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । अभिकर्ता नविकरणमा प्रगति नदेखिए पछि नेपाल बीमा प्राधिकरणले सम्पुर्ण जीवन बीमा कम्पनीका अभिकर्ता शाखा प्रमुखरुलाई छलफल तथा अन्तर्क्रियाका लागि बोलाएको छ । प्राधिकरणले चैत १५ गते बुधबार विहान साढे १० बजे अभिकर्ता शाखा प्रमुख सहित दुई/दुई जनालाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको हो । बीमा अभिकर्ता नविकरण सम्बन्धी विषयमा भइ रहेको कार्य प्रगतिको समिक्षाका लागि बैठक आह्वान गरिएको हो ।

बीमा प्राधिकरणका अनुसार हालसम्म १२ प्रतिशत अभिकर्ताले मात्रै नविकरण गराएका छन् । प्राधिकरणले चैत ५ गतेदेखि अनलाइन प्रणालीबाटै नविकरण गर्न सक्ने व्यवस्थाको सुरुवात गरेको थियो । नविकरणका लागि अनलाइन प्रणाली खुला गरेको १० दिनमा जम्मा २० हजार ५०२ जनाले मात्रै नविकरण गरेका छन् ।

Prabhu
Crest

जवकी जीवन बीमा कम्पनीहरुले एक लाख ६२ हजार अभिकर्ताको नविकरण गर्नु पर्नेछ । अभिकर्ताले नेपाल बीमा प्राधिकरणले वेवसाइटबाटै नविकरण गर्न पाइरहेका छन् । बीमा ऐन २०७९ को व्यवस्था अनुसार नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीबाटै दुई भन्दा बढि बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिएका ५ हजार ४५ जनालाई एउटा मात्रै कम्पनी चयन गर्ने सुविधा प्रदान गरेको छ ।

अभिकर्ताले आफ्नो प्यान नम्बर मार्फत नविकरणको प्रकृयाँ अगाडि बढाउन पाउने व्यवस्था गरिएको छ । एउटा मात्रै कम्पनीको अभिकर्ता लाइसेन्स लिएकाले सजिलै भुक्तानी सेवा प्रदायकबाट नविकरण शुल्क तिर्न पाउने छन् । अभिकर्ताले २०० रुपैयाँ नविकरण शुल्क बुझाएर आगामी तीन वर्षका लागि नविकरण भएको प्रमाणपत्र पाउने छन् ।

अहिलेसम्म सबैभन्दा धेरै नेपाल लाइफका अभिकर्ता नविकरण गराएका छन् । हालसम्म २५ हजार ४७७ जना मध्ये ९ हजार २६६ जनाले नविकरण गराएका छन् । त्यस्तै दोस्रो धेरै युनियन लाइफका अभिकर्ताले नविकरण गराएका छन् । युनियन लाइफमा १६ हजार ८५१ मध्ये १८७७ जनाले मात्रै नविकरण गराएका छन् ।

अभिकर्ताले यहि चैत मसान्त भित्रमा नविकरण गराउनु पर्ने हुन्छ । यदि चैत महिना पछाडी नविकरण गरेमा जरिवाना भुक्तानी गर्नु पर्छ । अन्तिममा मात्रै नविकरण गर्ने शैलीले सधै समस्या देखिने गरेको छ । अन्तिम समयमा सबैले एकै पटक अनलाइन प्रणाली चलाउदा साइट नै ह्याङ हुने र सर्भर डाउन हुने समस्या देखिने गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%

खुसी

25%

दु :खी

38%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS