IME Life

फागुनसम्ममा जीवन बीमा कम्पनीहरुको ब्यापार ९३ अर्ब ७५ करोड, कुनको कति, (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७८/ ८० को फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ९३ अर्बमाथिको कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा १ करोड ४० लाख १ हजार ५७६ वटा बीमा पोलिसी विक्री गरी ९३ करोड ७५ करोड २९ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका हुन् । त्यस्तै, यी कम्पनीहरुले फागुन महिनामा मात्रै १० अर्ब ३६ करोड २३ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् ।

प्राधिकरणको तथ्याङक अनुसार यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुलक आर्जन गरेको छ । यस अवधिमा कम्पनीले २४ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले ११ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १० अर्ब २२ करोड १९ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।
त्यस्तै, यस अवधिमा राष्ट्रिय बीमा संस्थानले६ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले ५ अर्ब ५१ करोड, यूनियन लाइफले ५ अर्ब १७ करोड, एशियन लाइफले ४ अर्ब ५९ करोड, सिटिजन लाइफले ३ अर्ब ५७ करोड, मेट लाइफले ३ अर्ब ३९ करोड, प्राइम लाइफले २ अर्ब ९६ करोड, आइएमई लाइफले २ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

Prabhu
Crest

सन नेपाल लाइफले २ अर्ब ५८ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ३५ करोड, रिलायन्स लाइफले २ अर्ब ७ करोड, गुराँस लाइफले १ अर्ब ९८ करोड, सानिमा लाइफले १ अर्ब ६५ करोड, प्रभु लाइफले १ अर्ब ४० करोड र महालक्ष्मी लाइफले १ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

20%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS