IME Life

नेप्सेमा दोहोरो अंकको बृद्धि, १ अर्ब ४४ करोडको कारोबार हुँदा १४२ कम्पनीको मुल्य बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आज साताकोतेसूो दिन शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशमलव १० अंकले बढेर १,९१८ दशमलव १० को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मुल्य बढेको छ भने ६७ कम्पनीको शेयर मुल्य घटेको छ । हिजो पनि बजार बढेको थियो ।

आज दिनभरिमा २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३९५ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ३६ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सुपर माइ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिर्जनशिल लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

त्यसैगरी आज सबैभन्दा धेरै तेह्रथम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ३ दशमलव १७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS