IME Life

ग्लोबल मनि विकको अवसरमा प्राधिकरणद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न, महत्व बुझाउने प्रयास

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल मनि विक २०२३ को अवसरमा नेपाल बीमा प्राधिकरणले विभिन्न ठाउँमा बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले हिजो चैत १२ गते मत्स्य नारायण साना किसान कृषि सहकारीमा र नेपाल बीमा प्राधिकरणकै तालिम हलमा बीमा साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको हो ।

प्राधिकरणले हिजो आइतबार मच्छेगाउँमा संचालन गरिएको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रममा ९० जना भन्दा धेरैको सहभागिता रहेको उप निर्देशक राजेन्द्र महर्जनले जानकारी दिए ।

Prabhu
Crest

बीमा पनि बचत गर्ने एउटा माध्यम हो भन्ने चेतना प्रदान गर्न उक्त कार्यक्रम संचालन गरिएको प्राधिकरणले जनाएको छ । बीमा गर्दा पैसा बचत हुने, भविष्यमा आइपर्ने आर्थिक जोखिम कम गर्ने लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा जीवन बीमा र निर्जीवन बीमाको बारेमा सम्पुर्ण जानकारी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहकारीमा आवद्ध महिला, स्वयमसेविका लगाएत अन्य महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रस्तुतीकरण प्राधिकरणका उप निर्देशक पुनम ज्ञवालीले गरेकी थिइन् भने कार्यक्रम संचालन भने राजेन्द्र महर्जनले गरेका थिए । प्राधिकरणले विभिन्न प्रश्नहरु मार्फत सहभागीको बचत गर्ने बानीको विषयमा बुझ्ने प्रयास गरिएको थियो । सम्भाव्य अवस्थालाई चित्रण गरेर सहभागीलाई बीमाको महत्व र बीमा मार्फत कसरी बचत गर्न सकिन्छ भविष्यमा कसरी उपयोग गर्ने भनेर जानकारी गराइएको महर्जनले बताए ।

कार्यक्रममा सहभागीहरुले विभिन्न प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ भने कृषि बीमा, पशु बीमा लगाएका बारेमा जिज्ञासा राखेका थिए । उक्त जिज्ञासाको जवाफ भने उप निर्देशक द्धय ज्ञवाली र महर्जनले दिएका थिए ।

नेपाल राष्ट्र बैंकको नेतृत्वमा भइरहेको ग्लोबल मनि विक कार्यक्रममा बैंक वित्तीय संस्थाका साथै बीमा क्षेत्रको तर्फबाट नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुले पनि सक्रियताका साथ अभियानलाई साथ दिइरहेका छन् । वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले प्राधिकरणले स्कुल, स्थानीय निकाय तथा सरोकारवाला पक्षहरु सँग साक्षात्कार, छलफल तथा अन्तर्क्रिया आयोजना गर्दै आइरहेको छ ।

यसैक्रममा प्राधिकरणका नव नियुक्त कर्मचारीलाई ग्लोबल मनि विक २०२३ को बारेमा जानकारी गराइएको छ । उनिहरुलाई पनि बीमाको विषयमा बुझाउने प्रयास गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणकै प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा ग्लोबल मनि विक कहाँबाट सुरु भयो र कसरी सुरु भयो भन्ने बारे प्रस्तुती दिइएको थियो ।

कार्यक्रममा नेपालको वित्तीय प्रणाली, जोखिमका क्षेत्रहरु, जोखिम विपद र खतराका संकेतहरु, बीमाको अवधारणा, बीमक र बीमित विचको सम्बन्ध, बीमा योजनाले कसरी काम गर्छ, बीमाका किसिम लगायतका विषयमा सहभागीहरुलाई प्रष्ट पारिएको उप निर्देशक महर्जनले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS