IME Life

महालक्ष्मी लाइफले प्रिमियममा आइपिओ निष्काशन गर्न बोर्डमा दियो निवेदन, एक कित्ताको कति ?

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १३४ रुपैयाँ प्रिमियम सहित २३४ रुपैयाँको दरले ९० लाख कित्ता आइपिओ निष्काशनको स्वीकृति माग गरेको हो ।

प्रभु लाइफ सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको महालक्ष्मीले दुई कम्पनीको संयुक्त मर्जर कमिटीको सहमतिमा नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । नेपाल धितोपत्र बोर्डले चार वटा कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न ग्रिन सिङ्ग्नल दिए पछि महालक्ष्मीले पनि प्रिमिमयमा आइपिओ निष्काशन गरेर मात्रै एकिकृत कारोबार गर्ने योजना बनाएको हो ।

Prabhu
Crest

यस भन्दा अगाडी महालक्ष्मी र प्रभु विच संस्थापक समुह र सर्वसाधारण समुह तर्फ ७०/३० को अनुपात कायम गर्न नपुग शेयरका लागि एफपिओ जारी गर्ने योजना बनाएका थिए । भोलि प्रिमियममा एफपिओ जारी गर्नु भन्दा अहिले नै प्रिमियममा आइपिओ जारी गर्दा सहज हुने देखिए पछि संयुक्त मर्जर कमिटीले आइपिओ नै निष्काशन गर्ने योजना बनाएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैया रहेको छ । ९० लाख कित्ता आइपिओ निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब पुग्नेछ । साथै प्रति कित्ता १३४ रुपैयाँ प्रिमियमबाट एक अर्ब २० करोड रुपैयाँ संकलन गर्नेछ । आइपिओ निष्काशन पछि संस्थापकहरुको शेयर संरचनामा पनि खासै ठुलो असर पर्ने देखिदैन ।

नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरण विचमा प्रिमिमयमा आइपिओ निष्काशन गर्न दिने विषयमा एक किसिमको सहमति भइरकेको छ । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अन्तर्राष्ट्रिय मापदण्ड र प्रचलित कानुनको अधिनमा रहेर प्रिमियम कायम गर्ने बताउदै आएका छन् । यस भन्दा अगाडी चार वटा कम्पनीहरुले प्रिमियममा आइपिओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेका छन् ।

धितोपत्र बोर्डमा सिटिजन लाइफले एक करोड १२ लाख ५० हजार कित्ता आइपिओ २९० रुपैयाँको दरमा निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । त्यस्तै आइएमइ लाइफले १ करोड २० लाख कित्ता आइपिओ २७६ रुपैयाँको दरमा निष्काशन गर्न अनुमति माग गरेको छ । सन नेपाल लाइफले प्रति क्ता २५०.५५ रुपैयाँको दरमा ९६ लाख कित्ता आइपिओ निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । रिलायबल नेपाल लाइफले २१२ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता आइपिओ निष्काशन गर्दैछ ।

महालक्ष्मी लाइफले प्रिमियममा ९० लाख कित्ता आइपिओ निष्काशन गर्ने, प्रभु सँगको मर्जर कायमै

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

0%

दु :खी

11%

अचम्मित

11%

उत्साहित

22%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS