IME Life

शेयर बजार डिप्रेस मुडमा : १९ सय अंक भन्दा तल झर्यो, कारोबार रकम एक अर्ब २८ करोड

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजारमा लगातार गिरावट आउने क्रममा आज आइतबार १९ सय अंक भन्दा पनि तल झरेको छ । आइतबार नेप्से सूचक २६.८७ अंकले घटेर १८८८.२७ अंकमा झरेको हो । विगत ४५ दिनदेखि शेयर बजारमा लगातार गिरावट आइरहेको छ ।

राजनीतिक संक्रमणको अन्त्य भए पनि बजारमा खासै प्रभाव देखिएको छैन । अर्थतन्त्रमा ठुलो संकट आउने चर्चा सँगै शेयर बजार डिप्रेस भइरहेको छ । आइतबार १९३ वटा कम्पनीको शेयर मूल्य घटेका छन् । कारोबार रकम एक अर्ब २८ करोडमा सिमित भएको छ ।

Prabhu
Crest

लगानीकर्ताहरु कर, व्याज र किस्ता तिर्ने दवावमा छन् । चैत मसान्तका लागि कर व्याज र किस्ता जोहो गर्नका लागि सप्लाइ बढिरहेको छ । यहि हिसावले बजार तल झर्दै गयो भने बजार १७ सय अंकको हाराहारीमा पुग्नेछ । यो भने शेयर बजार करिव तीन वर्ष पछाडी फर्किनेछ ।

सामान्यतया चैत महिना शेयर बजारका लागि अफ सिजन पनि मानिन्छ । बैशाख पछि भने बजारमा सुधार हुने अपेक्षामा ठुला लगानीकर्ताले भने शेयर खरिद गरिरहेका छन् । बैंकिङ व्याजर लगातार घटिरहे पनि कर्जा विस्तार छैन । कर्जा विस्तार घट्दै गर्दा बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गइरहेको छ । यहि हिसावले आगामी बैशाखमा कर्जाको व्याज थप तल झर्ने विश्लेषण गरिएको छ । तर सरकारको राजस्व संकलन भन्दा नियमित खर्च माथि रहे पछि अर्थतन्त्र कमजोर भएको विश्लेषण गरिएको छ । यस्तै अवस्था रहिरहने हो भने केहि समय पछि सरकारले तलब भत्ता समेत खुवाउन नसक्ने विश्लेषण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS