IME Life

चार लघुवित्तको साधारण सभा आज हुँदै, लाभांश सहित यस्ता छन् एजेण्डा

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । आज स्वरोजगार लघुवित्त, समता घरेलु लघुवित्त, स्वाभिमान लघुवित्त र आशा लघुवित्तको वार्षिक साधारण सभा आयोजना हुँदैछ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा आज चैत ११ गते बस्दैछ । संस्थाको फागुन १७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे आयोजना गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको २२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

Prabhu
Crest

यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतबा वित्तीय विवरणमाथि छलफल गर्न प्रस्ताव लैजानेछ । साथै चालु आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज अर्थात चैत्र ११ गते डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहीमा बिहान ११ बजे आयोजना गर्ने जनाएको छ । सभाले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज अर्थात चैत ११ गते गर्दैछ । संस्थाको फागुन १६ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत ११ गते, संस्थाको केन्द्रिय कार्यालय ककनी, नुवाकोटमा आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले हाल कायम रहेको चुक्ता पुँजीको १४ दशमलव २८५७ प्रतिशत बोनश शेयर र ० दशमलव ७१४३ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितपारित गर्नेछ ।

सभाले संचालक समितिको आर्थिक वर्षको वित्तिय विवरणको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन लगायत नयाँ लेखापरिक्षक नियुक्त गर्ने प्रस्तावहरु रहेका छन् ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फागुन २६ गते बुुक क्लोज गर्ने भएकोले तसर्थ फागुन २५ गते सम्म कायम शेयरधनीहरुले लाभांश पाउने र सभामा भाग लिन पाउनेछन् ।

समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा आज अर्थात चैत ११ गते गर्दैछ । संस्थाको फागुन १२ गते बसेको संचालक समितिको बैंठकको निर्णयले सभा चैत १२ गते, हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बिहान ११ बजे आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले हाल कायम रहेको वितरण योग्य मुनाफाबाट कुल चुक्ता पुँजीको ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले संचालक समितिबाट प्रस्तावित भएको हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तावित आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्षको लेखारिक्षणको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह वितरण गर्ने लगायतका विभिन्न प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS