IME Life

बीमा कम्पनीका अधिकांश शाखा उपशाखा कार्यालयमा झर्ने ! मार्गदर्शन व्यवहारिक नभएको बीमकको गुनासो

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल बीमा प्राधिकरणले शाखा कार्यालय सम्बन्धी मार्गदर्शन २०७९ लागु गरे सँगै अधिकाम्स शाखा कार्यालय उपशाखा कार्यालयमा झर्ने जोखिम बढेको छ । हाल बीमा कम्पनीका ३२५९ वटा शाखा तथा उपशाखा कार्यालय सञ्चालनमा छन् । सानिमा र रिलायन्सको मर्जर पछि उक्त संख्यामा थप ६९ वटा शाखा कार्यालय घटेका छन् ।

प्राधिकरणका अनुसार माघ महिनासम्ममा बीमा क्षेत्रमा ११ हजार ५३८ जना कर्मचारी कार्यरत छन् । हाल सञ्चालनमा रहेका बीमा कम्पनीको कार्यालय र कार्यरत कर्मचारी संख्यालाई हेर्दा एउटा कार्यालयमा तीनदेखि चार जना मात्रै रहेको पुष्टी हुन्छ । बीमककाे केन्द्रिय कार्यालयमै बजार विभाग, पूनर्बीमा विभाग, बीमा याेजना विकास विभाग, जाेखिमांकन विभाग, दाबी विभाग, मानव संशाधन विभाग, लेखा विभाग, सामान्य सेवा विभाग, उच्च व्यवस्थापन टाेलीसहित कम्तिमा ३० देखि ४० को संख्यामा कर्मचारी रहेका हुन्छन् । केन्द्रिय कार्यालयका कर्मचारीलाई हटाएर शाखा कार्यालयलाई मात्रै हेर्ने हो भने एउटा शाखा कार्यालयमा एकदेखि २ जनाको मात्रै भाग पुग्न जान्छ । यो भनेको बीमा कम्पनीहरुले एकदमै थोरै जनशक्ति परिचालन गरेर शाखा कार्यलाय सञ्चालन गरिरहेका छन् ।

Prabhu
Crest

बैंकको जस्तै बीमा कम्पनीको शाखा कार्यालयको ‘आउट लुक’ किन आकर्षक हुँदैन ?

अधिकांश बीमा कम्पनीका शाखा कार्यालय एक दुई जना कर्मचारीबाटै सञ्चालन हुँदै आएका छन् । त्यसमा पनि सहायक स्तरका कर्मचारी बढी छन् । बीमा कम्पनीहरुले कमजाेर र अपर्याप्त जनशक्तिकाे भरमा आफ्ना शाखा कार्यालय सञ्चालन गरेपछि संचालन जाेखिम बढेकाे भन्दै प्राधिकरणले मार्गदर्शन नै जारी गर्नु परेको हो ।

बैंकहरुको शाखा कार्यालय प्रयाप्त जनशक्तिका साथै आकर्षक सजावटका साथ सञ्चालन गर्दै आइरहेका छन् । अधिकांश बीमा कम्पनीको शाखा कार्यालयमा सामान्य फर्निचर समेत छैन । एउटा टेबल, ४/५ वटा प्लास्टिकका कुर्सी, एक थान कम्प्युटर सेट, प्रिन्टर र स्क्यानर कै भरमा कार्यालय व्यवस्थापन गरिएकाे हुन्छ । जसले गर्दा कर्मचारी र अभिकर्तालाई कार्यालयमा कार्यालयकाे माहाैल अनुभूति हुँदैन ।

विकट जिल्लाका बीमा कम्पनीको शाखामा कर्मचारी नै बस्दैनन्, कार्यालय विनानै अभिकर्ता सञ्जाल

बीमा प्राधिकरणका अधिकारीहरुले दुर्गमका जिल्लामा बीमा सम्बन्धी कार्यक्रम सञ्चालन गर्न जाँदा बीमा कम्पनीमा कर्मचारी नै नभेटिने गुनासो सुन्नु परेको थियो । एउटा उपशाखा कार्यालयलमा एक जना मात्रै कर्मचारी राख्ने त्यसमा पनि उक्त कर्मचारीलाई काम विशेषले बाहिर जानु पर्यो भने कार्यालय नै बन्द गर्नुपर्छ ।

बीमा कम्पनीहरुले शाखा कार्यालयलाई केवल सम्पर्क कार्यालयका रुपमा मात्रै प्रयोग गर्दा यस्तो अवस्था आएको हो । बीमा कम्पनीहरुले शाखा कार्यालय सञ्चालनमा लापरवाही गरे पछि मार्गदर्शन मार्फत कडाइ गर्न खोजिएको हो भन्ने बीमा प्राधिकरणका अधिकारीहरूकाे प्रतिकृया छ ।

अब नयाँ निर्देशिका कारण एउटा उप शाखा कार्यालयमा समेत कम्तिमा तीन जना कर्मचारी राख्नु पर्ने भएको छ । अहिले अधिकांश बीमा कम्पनीले तीन जना कर्मचारी मार्फत शाखा कार्यालय नै सञ्चालन गर्दै आइरहेका छन् ।  शाखा कार्यालयमा कम्तिमा पनि ५ जना कर्मचारी हुनै पर्ने व्यवस्था गरिएकाे छ ।

नाम मात्रैका बीमा कम्पनीका प्रादेशिक कार्यालय, प्राधिकरणले कसरी बनाउला सक्रिय ?

बीमा कम्पनीहरुले अहिलेसम्म नाम मात्रका प्रादेशिक कार्यालय सञ्चालन गर्दै आइरहेका छन् । प्रादेशिक प्रमुखको जिम्मेवारि दिने तर कुनै एउटा शाखा कार्यालयको जति पनि हैसियत नहुने अवस्था रहँदै आएको छ । उनिहरु बस्ने प्रादेशिक कार्यालयकाे साज सज्जा र पूर्वाधारसमेत शाखा कार्यालय जत्तीकै पनि हुने गरेको छैन ।

अब प्रादेशिक कार्यालयमा व्यवस्थापकीय तहको कर्मचारीको नेतृत्वमा कम्तिमा ७ जना कर्मचारी हुनु पर्नेछ । त्यस्तै शाखा कार्यालयको हकमा अधिकृत स्तरको कर्मचारीको नेतृत्वमा कम्तिमा ५ जना कर्मचारी हुनै पर्नेछ । र उप शाखा कार्यालयको हकमा कम्तिमा तीन जना कर्मचारी हुनै पर्नेछ । जवकी अहिलेकै अवस्थामा बीमा कम्पनीहरुले आफ्नो शाखा कार्यालय सहायक स्तरका एक दुई जन कर्मचारीबाटै सञ्चालन गर्दै आइरहेका छन् ।

यस अवस्थामा कि त कम्पनीहरुले अहिले भइरहेका शाखा कार्यालयमा अधिकृत स्तरको कर्मचारी सहित ५ जनालाई नियुक्ति गर्नु पर्नेछ । यदि यस्तो गर्न सकिदैन भने शाखा कार्यालयलाई उप शाखा कार्यालयमा रुपान्तरण गरेर एक दुई जनाको सट्टा तीन जना पुर्याउनु पर्नेछ ।

एक बीमकका अनुसार कतिपय शाखा कार्यालय विगत ७/८ महिनादेखि व्यवसाय गर्नै नसकेर बसेका छन् । यस्तो अवस्थामा कर्मचारी मात्रै थोपर्दा व्यवस्थापन खर्च धान्न नसकिने उनिहरुको तर्क छ । शाखा कार्यालयहरु स्तरिकृत हुनु पर्छ तर कर्मचारी मात्रै थोपर्दैमा राम्रो नहुने उनिहरुको भनाइ रहेको छ ।

यदि बीमा प्राधिकरणले मार्गदर्शनलाई अक्षरस पालना गर्यो भने बीमा कम्पनीहरुले शाखा कार्यालयबाट घटाएर उप शाखा कार्यालयमा झार्नु पर्ने अवस्था आउने बीमकहरु बताउछन् । प्राधिकरणले कर्मचारीलाई मात्रै जोड दिएको छैन भौतिक पुर्वाधारलाई समेत नियमन गर्न खोजेको छ ।

अव बीमा कम्पनीहरुले शाखा तथा उपशाखा कार्यालयमा सूचना आदाप्रदान गर्नका लागि नेटवर्किङ वा विद्युतीय माध्यमबाट केन्द्रिय कार्यालयको सूचना प्रणालीमा तत्काल आवद्ध हुन सक्ने व्यवस्था गर्न निर्देशन दिएको छ । कतिपय कम्पनीका शाखा कार्यालय आफैले बीमा पोलिसी जारि समेत गर्न पाउदैन थिए ।

कार्यालयको व्यवसाय सञ्चालन गर्न आवस्यक व्यवसायिक सफ्टवेयर केन्द्रिय कार्यालय सँग आवद्ध हुने व्यवस्था गर्न निर्देशन दिइएको छ । कार्यालयमा फर्निचर, सूचना प्रविधिका साधन, कार्यलय कक्ष तथा अन्य सामानको पर्याप्त व्यवस्था गर्नु पर्ने भएको छ । अहिले पनि कम्पनीहरुले सामान्य कुर्सी र टेवलका भरमा व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् ।

बीमा व्यवसायलाई प्रभावकारी तथा विश्वसनीय रुपमा सञ्चालन गर्न आवश्यकता अनुसार कार्यालयमा बीमा अभिकर्ता, सर्भेयर लगायतका अन्य सेवाग्राहीहरुको सम्पर्क कक्षको व्यवस्था मिलाउनु पर्ने भएको छ । यस्ता सर्तहरु पुरा गर्न नसक्ने बीमा कम्पनीहरुले शाखा कार्यालयलाई रुपान्तरण गर्ने सुविधा पाउने छन् । साथै शाखा कार्यालयको स्तर बढाउन, स्थानान्तरण गर्न, नयाँ खोल्न, गाभ्न, बन्द गर्न बीमा प्राधिकरणबाट अनुमति लिनु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

76%

खुसी

3%

दु :खी

14%

अचम्मित

3%

उत्साहित

5%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS