Prabhu Life Ad Final

वाग्मती सरकारबाट एमालेको बहिरगमन, गण्डकीमा माओवादी नबस्ने

IME PAY
IME Life

काठमाडौं । वाग्मती प्रदेश सरकारबाट बाहिरिने निर्णयसँगै नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा बुझाएका हुन् ।

प्रदेश सरकारमा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, स्वास्थ्यमन्त्रीमा रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकास मन्त्रीमा केशवप्रसाद पोखरेल रहेका छन् । राजीनामा बुझाएसँगै एमाले प्रतिपक्षमा बस्ने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने नेता थपलियाले बताए ।

यसैगरी, नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । गण्डकीमा नेकपा माओवादीका नेता हरिबहादुर चुमानले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाएका थिए भने पर्यटन वन तथा वातावरण मन्त्रीमा रेशमबहादुर जुग्जाली रहेका थिए । माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका हुन् ।

गण्डकी प्रदेशमा माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि एक महिनाभित्र मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनुपर्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS