IME Life

एक भन्दा बढि अभिकर्ता लाइसेन्स लिनु भएको छ ? यसरी छान्नुहोस् कुनै एक कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । बीमा ऐन २०७९ को दाफा ९१(७) मा एक अभिकर्ता एक बीमा कम्पनीमा मात्रै काम गर्न पाउने व्यवस्थालाई नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीबाटै व्यवस्थित गरिरहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार अनलाइन प्रणालीको माध्यमबाट हालसम्म एक लाख ६३ हजार ९२५ अभिकर्ताले स्थायी लेखा नम्बर सहित आवश्यक कागजात अद्यावधिक गराएका छन् ।

अनलाइन प्रणालीमा बीमा अभिकर्ताले प्रविष्ट गरेको स्थायी लेखा नम्बरका आधारमा अध्ययन गर्दा समान प्रकृतिका दुई वा दुईभन्दा बढी बीमा कम्पनीमा कार्य गर्ने बीमा अभिकर्ताहरुको संख्या ५,०४५ रहेको पाइएको छ ।

Prabhu
Crest

यिनै ५ हजार ४५ जना अभिकर्ताले कुनै एक कम्पनी छनोट गर्नु पर्नेछ । उनिहरुका लागि बीमा प्राधिकरणले अनलाइन प्रणालीबाटै विशेष व्यवस्था गरेको छ । एकभन्दा बढी बीमकमा कार्यरत बीमा अभिकर्ताहरुलाई एउटा बीमक छान्न मिल्ने व्यवस्था One-time Password (OTP) मार्फत गरिएको छ । एउटा मात्रै कम्पनीको अभिकर्ता लाइसेन्स लिएका अभिकर्ताहरुले भने सिधै अनलाइन भुक्तानी मार्फत नविकरण गर्न सक्ने छन् ।

यसरी गर्नुहोस् नविकरण

नविकरणका लागि नेपाल बीमा प्राधिकरणको वेवसाइट खोल्नु पर्नेछ । जसमा ‘इ-सर्भिस’ आइकनमा क्लिक गरेर ‘अनलाइन पेमेन्ट सर्भेयर/एजेन्स’ आइकनमा क्लिक गर्नु पर्नेछ । बीमा अभिकर्ताको नविकरणको लागि अभिकर्ता ईजाजतपत्र डुब्लीकेशन (एक भन्दा बढि बीमकमा आबद्ध) भए/नभएको विवरण हेर्न दिइएको लिन्कमा गई तोकिए बमोजिमको विवरण भर्नु पर्छ ।

जसमा सबैभन्दा पहिला बीमकको प्रकार अन्तर्गत जीवन र निर्जीवन कुन हो छुट्याउनु पर्छ । त्यस्तै लाइसेन्सको प्रकारमा व्यक्तिगत या संस्थागत कुन हो चयन गर्नु पर्नेछ । यस सँगै प्यान नम्बर भर्नु पर्नेछ । यि तीन वटा विवरण भर्ने वित्तीकै तपाईले कुन कुन बीमा कम्पनीबाट अभिकर्ता लाइसेन्स लिनु भएको छ त्यो सबै देखिनेछ ।

आफुले यस अगाडी अभिकर्ताको लाइसेन्स लिएको मध्ये कुनै एउटा कम्पनी मात्रै छनोट गर्न पाइनेछ । दुई वा सो भन्दा बढि कम्पनी मध्येबाट एक कम्पनी चयन गर्दा स्वघोषणा गर्न मिल्ने बनाइएको छ । स्वघोषणामा, बीमा ऐन २०७९ को दफा ९१(७) को व्यवस्था बमोजिम मैले माथि उल्लेख गरे बमोजिमको बीमक छानेको स्वघोषणा गर्दछु ।

यो सबै पढेर ‘प्रोसिड’मा क्लिक गर्ने वित्तीकै के तपाई यो कम्पनीलाई निरन्तरता लिन चाहनु हुन्छ भन्दै’ प्रश्न गरिन्छ । जसमा एस वा क्यान्सिल बटम क्लिक गर्नु पर्ने हुन्छ । क्यान्सिलमा क्लिक गर्नु भयो भने प्रकृयाँ यहि बन्द हुन्छ र ‘एस’मा क्लिक गर्नु भयो भने प्रकृयाँ अगाडी बढ्छ ।

तपाईले आफ्नो मोबाइलमा ओटिपि ‘वन टाइम पासवर्ड’ पाउनु हुनेछ । मोबाइलमा प्राप्त भएको ओटीपी पासवर्डलाई हाल्ने वित्तीकै उक्त कम्पनी छनोट गरिएको आधिकारिता प्रमाणत भएको मानिन्छ । यस्तो पासपोर्ट सम्बन्धित अभिकर्ताले दिनमा दुई पटक मात्रै प्राप्त गर्नेछन् । यसरी एक पटक पासपोर्ट प्राप्त भएको १० मिनेटसम्म अर्को पासपोर्टको लागि आग्रह गर्न पाइने छैन ।

यसरी कम्पनी छनोट भए पछि अभिकर्ताले आफ्नो लाइसेन्स नम्बर र आफ्नो लाइसेन्स नम्बर जारी गरिएको मिति टिप्नु पर्नेछ । लाइसेन्स जारी गरिएको मिति अंग्रेजी मिति टिप्नु पर्छ ।

यसरी कम्पनी छनोट भइसके पछि अभिकर्ताले नविकरण शुल्क भुक्तानीका लागि आफु सँग भएको भुक्तानी सेवा प्रदायक छनोट गर्नु पर्नेछ । अभिकर्ता नविकरण शुल्क भुक्तानीका लागि नेपाल बीमा प्राधिकरणले कनेक्ट आइपिएस, इसेवा, प्रभु पे, सेल पे, आइएमई पे र खल्ती रहेका छन् । यिनिहरु मध्ये कुनै एक छनोट गर्नु पर्छ ।

नविकरण शुल्क २०० रुपैयाँ भुक्तानी गरिएको विवरण सुरक्षित राख्नु पर्नेछ । अभिकर्ता इजाजतपत्र नवीकरणको लागि प्राप्त भएको निवेदन बीमकको IRMIS system  मार्फत प्राधिकरणमा सिफारिस भई आए पछि प्राधिकरणबाट Approve भए पछि नविकरण कार्य पुरा हुनेछ ।

कुनै एक कम्पनी छान्दा अभिकर्ताले आफुलाई जुन कम्पनीमा काम गर्न मन लागेको छ र आफुलाई सहज लाग्ने कम्पनी छनोट गर्दा राम्रो हुन्छ । यसमा कम्पनीहरुले अभिकर्तालाई अनवाश्यक रुपमा दवाव दिन पाउदैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

17%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS