IME Life

बीमा प्राधिकरणबाट ‘ग्लोबल मनि विक’ अन्तर्गत विद्यार्थीसंग बीमा साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चैत ६ गते Global Money Week, 2023 अन्तर्गत कंकाली माध्यमिक विद्यालय, नैकाप, कंलकीका कक्षा ११ र १२ का बिद्यार्थीहरू माझ वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बीमा तथा Global Money Week को थिम: Plan your money, plant your future सम्बन्धी बिषयमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

Global Money Week युवाहरूमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले बार्षिक रूपमा मनाइने साप्ताहिक अभियान हो । युवालार्इ वित्तीय ज्ञान, सीप र मनोबृत्तिका साथै व्यवहारिक रूपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक सम्बृद्धिमा सघाउ पुर्याउने उद्देश्य सहित मार्च २० देखि २६ (चैत्र ६ गते देखि १२ गते) सम्म विभिन्न साक्षरता कार्यक्रम आयोजना गरि मनार्इदै छ । जस अनुरूप नेपाल बीमा प्राधिकरणले कंकाली मा.वि.मा बिद्यार्थीहरूसंग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

Prabhu
Crest

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक, सुशील देव सुवेदीले कार्यक्रमको सभापतित्व गरेका थिए भने प्रमुख अतिथिको रूपमा कंकाली माध्यमिका विद्यालयका प्रधानाध्यापक, बिष्णु प्रसाद पनेरू थिए । कार्यक्रम सञ्चालन नेपाल बीमा प्राधिकरणका उप निर्देशक, पुनम ज्ञवाली श्रेष्ठ गरेकी थिइन् । कार्यक्रमा प्रस्तुतिकरण नेपाल बीमा प्राधिकरणका उप निर्देशक, राजेन्द्र महर्जनले गरेका थिए । उक्त साक्षरता कार्यक्रममा बीमा के हो, बीमाको अवधारणाको बिकास, बीमाको प्रकार, बीमाको महत्व लगायत वित्तीय चेतनामुलक सम्बन्धी बिषयमा प्रस्तुतिकरण गरिएको थियो ।

उक्त कार्यक्रममा बिद्यार्थीहरूबाट बीमाबारे धेरै कुराहरूमा जिज्ञासा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रधानाध्यापक, बिष्णु प्रसाद पनेरूले बिद्यार्थीहरूलाई आफूलाई दिइने पकेट मनीलार्इ जोगाउने, अनावश्यक खर्च नगर्ने, थोरै थोरै रकम जम्मा गरी धेरै बचत गर्ने बानी बसाल्न अनुरोध गरेका छन् । सोहि क्रममा कार्यक्रमका सभापति सुशील देव सुवेदीले Global Money Week को बारेमा बताउदै बिद्यार्थीहरूले वित्तीय ज्ञान हासिल गरी, सीप र मनोबृत्तिका साथै व्यवहारिक रूपमा सक्षम हुन सकुन भन्दै अनावश्यक रूपमा रकम खर्च नगर्ने, बचत गर्ने बानी बसाल्ने र बचत गरेको रकमबाट बीमा गर्ने, बैंकमा पैसा जम्मा गर्ने तथा लघुवित्तमा रकम जम्मा गर्न सकिन्छ भन्ने कुरा बताएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS