IME Life

वाणिज्य बैंकमा तरलता सहजताको संकेत : निक्षेप बढ्दै, कर्जा घट्दै ! कति पुग्यो सिडी रेसियो ?

SPIL
NIC ASIA

काठमाडौं। वाणिज्य बैंकमा एकै दिनमा निक्षेप १ अर्बले वृद्धि हुँदा र कर्जा प्रवाह २ अर्बले घट्दा सिडी रेसियो केही घटेको छ ।  चैत ७ गते मंगलवार सिडी रेसियो ८५ दशमलव ६३ प्रतिशत रहेकोमा अघिल्लो दिन अर्थात् चैत ६ गते सोमवार सिडी रेसियो ८५ दशमलव ६६ प्रतिशत थियो।

वाणिज्य बैंकहरुमा चैत ६ गतेसम्म ४७ खर्ब ६७ अर्ब निक्षेप हुँदा चैत ७ गते निक्षेप १ अर्बले वृद्धि हुँदै ४७ खर्ब ६८ अर्ब पुगेको छ ।  त्यस्तै एक दिनको अवधिमा वाणिज्य बैंकले प्रवाह गरेको कर्जा भने २ अर्बले घट्दै चैत ७ गते ४२ खर्ब ६९ अर्ब पुगेको छ  ।

Prabhu
Crest

समस्त बैंक तथा वित्तीय सस्थामा निक्षेप संकलन ५४ खर्ब ०८ अर्ब रहेको छ भने अघिल्लो दिन निक्षेप ५४ खर्ब ०८ अर्ब नै थियो । त्यस्तै प्रणालीबाट चैत ७ सम्म ४८ खर्ब १२ अर्ब कर्जा प्रवाह भएको छ। कर्जा प्रवाहमा एक दिनको अवधिमा १ अर्बको गिरावट आएको छ ।

अन्तर बैंक व्याज दर भने घट्दै ७ प्रतिशतमा आएको छ । अघिल्लो दिन अन्तर बैंक व्याज दर ७ दशमलव २० प्रतिशत थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%

खुसी

0%

दु :खी

19%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS