Prabhu Life Ad Final

सानिमा र रिलायन्स लाइफको शेयर कारोबार रोक्का, भोलिदेखि एकिकृत कारोबार

IME PAY
IME Life

काठमाडौं । मर्जर प्रकृयाँ सम्पन्न गरेका सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । दुबै कम्पनीले भोलिदेखि शेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्जमा निवेदन दिएका छन् ।

दुबै कम्पनीले भोलिदेखि एकिकृत कारोबारको शुभारम्भ गर्दै छन् । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका २०७९ को दफा ९(२) को प्रयोजनका लागि कारोबार रोक्का राख्ने भएको हो ।

चैत ६ गते बसेको संयुक्त मर्जर समितिको बैठक र दुई कम्पनीको चैत ८ गते छुट्टा छुट्टै बसेको दुई कम्पनीको सञ्चालक समितिको बैठकले यहि चैत ९ गते बिहीबारदेखि जीवन बीमा सेवाको एकिकृत कारोबार सञ्चालन गर्ने निर्णय गरेका छन् । मर्जर पश्चात सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट रजिष्टर्ड तथा प्रधान कार्यालय काठमाण्डौं जिल्ला वडा नं १० नयाँ बानेश्वरबाट एकिकृत कारोबार हुनेछ ।

दुई कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरे पछि आधारभुत शेयरधनीको कारोबार रोक्का हुँदै आएको थियो । अव भने सम्पुर्ण शेयरधनीको शेयर कारोबार रोक्का हुनेछ । दुई कम्पनीले बराबरी हैसियतमा मर्जर गरेका हुन् । कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, सिडिएससी तथा नेप्सेमा आवस्यक प्रकृयाँ अगाडी बढाउन नेपाल धितोपत्र बोर्ड अधिकतम १५ दिन भित्रमा दोस्रो बजारमा कारोबार खुला गर्ने व्यवस्था व्यवस्था गरेको छ । तर अहिलेसम्म मर्जरमा गएर कारोबार रोक्का गरिएका कम्पनीको कारोबार खुल्न धेरै समय लाग्दै आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS