Prabhu Life Ad Final

मिडास टेक्नोलोजिजको सहकार्यमा धुलिखेल अस्पतालले संचालनमा ल्यायो मोबाइल एप

IME PAY
IME Life

काठमाडौं । आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप संचालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिंग गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् । यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने छ ।

संगसंगै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड द्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्न समेत सकिने छ । मिडास टेक्नोलोजी द्वारा विकसित मोबाइल एप सन्चालनमा ल्याउदा सन् १९९६ देखि बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको धुलिखेल अस्पतालले बिरामीहरूलाई दिने सेवाहरूमा थप सुधार हुने छ ।

मिडास टेक्नोलोजीज, आइएमई समूह अन्तर्गतको कम्पनी हो । मिडासले विकास गरेको सूचना प्रविधिमा आधारित स्वास्थ्य सेवा सूचना प्रणाली १७० भन्दा बढी अस्पतालहरूले प्रयोगमा ल्याएका छन् । सूचना प्रविधिको उपयोग बढाएर स्वास्थ्य सेवाको आधुनिकीकरण तथा सुधार गर्न ‘मिडास टेक्नोलोजीज’ अस्पतालहरूका लागि भरपर्दो साझेदार बनेको छ ।

 

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS