Prabhu Life Ad Final

बैंक खाता पिच्छे एटिएम शुल्क तिर्दा तिर्दा हैरान हुनुहुन्छ?

IME PAY
IME Life

काठमाण्डाै‌ । के तपाई बै‌ंक खाता पिच्छे एटिएम शुल्क तिर्दा तिर्दा हैरान हुनु भएकाे छ ? के तपाईसँग भएकाे एउटा बै‌ंककाे एटिएम कार्ड प्रयाेग गरेर अर्काे बैंककाे एटिएमबाट पैसा झिक्दा लाग्ने शुल्क तिर्दा तिर्दा हैरान हुनु भएकाे छ? याे समस्याबाट छुटकारा पाउनका लागी केही उपायहरू सुझाउँदैछाैं ।

तपाईले कुनै बै‌ंकमा नयाँ बचत खाता खाेल्ने बित्तिक्कै माेबाइल बैंकिङ, इन्टरनेट बैंकिङ वा एटिएम मध्ये कुनै एउटा सेवा लिन वा सबै सेवा लिनका लागी बैंककाे ग्राहक सेवा डेस्कमा खटिने कर्मचारीले तपाईलाई दबाब मिश्रित अनुराेध गरेकाे अनुभव पक्कै छ हाेला । पहिले बै‌ंक बैंकहरूबीच विद्युतीय काराेबार संभव नहुँदा, एटिएम मेशिनकाे संजाल नजाेडिंदासम्म बैंकै पिच्छे डिजिटल बैंकिङ सेवा लिनुपर्ने बाध्यता अवश्य पनि रहेकाे थियाे ।

एउटा बैंककाे एटिएम कार्ड प्रयाेग गरेर अर्काे बैंककाे खाताबाट रकम झिक्दा प्रत्येक पटक १५ देखि २० रूपैयाँ सेवा शुल्क भुक्तानी गर्नुपर्छ। यसबाट जाेगिनका लागी सकेसम्म ठूलाे एटिएम संजाल भएकाे बैंकमा खाता खाेल्नु उचित हुन्छ । राष्ट्रिय वाणिज्य बै‌ंककाे ग्राहकले भिसा डेबिट कार्ड प्रयाेग गरेर भिसा डेबिट एटिएम संजालबाट रकम झिक्दा शुल्क तिर्नुपर्दैन । यसबाहेक आफूसँग रहेकाे एटिएम कार्ड प्रयाेग गर्दा सेवा शुल्क नलाग्ने एटिएम मेशिनहरु कुन कुन ठाउँमा उपलब्ध छ भन्ने जानकारी राखेर उही बै‌ंककाे एटिएम मेशिनबाट रकम झिक्ने बानी बसालेर पनि अनावश्यक सेवा शुल्क रकम तिर्नुपर्दैन।

बैंक एटिएम मेशिनबाट नगद माैज्दाकाे विवरण र संक्षिप्त विवरण झिक्दा ५ देखि १५ रूपैयाँसम्म शुल्क तिर्नुपर्छ। त्यसैले एटिएम मेशिनमा नगद माैज्दातबारे जानकारी लिनुकाे साटाे माेबाइल बैंकिङ वा इन्टरनेट बैंकिङबाटै नगद माैज्दातबारे जानकारी लिएर रकम झिक्दा यस्ताे शुल्क तिर्नुपर्दैन।

अहिले कनेक्ट आइपिएस सेवाकाे माध्यमबाट तपाईले आफ्नाे जुनसुकै बै‌ंक खातामा रहेकाे रकम जुनसुकै बैंक खातामा सहजै पठाउन सक्नुहुन्छ। तपाईसँग एटिएम कार्ड भएकाे खातामा रकम माैज्दात छैन, माैज्दात भएकाे बैंक खातामा भएकाे रकम झिक्न एटिएम कार्ड नहुन सक्छ । यस्ताे अवस्थामा तपाईले कनेक्ट आइपिएस सेवामार्फत् एटिएम भएकाे बै‌ंक खातामा रकम पठाएर सहजै एटिएम मेशिनबाट रकम झिक्न सक्नुहुन्छ। कनेक्ट आइपिएसकाे प्रति काराेबार सेवा शुल्क ४ देखि ८ रूपैयाँसम्म मात्र छ।

यसरी तपाईले कनेक्ट आइपिएस सेवा प्रयाेग गरेर एटिएम सदस्यता शुल्क वापतकाे रकम बचत गर्न सक्नुहुन्छ । तर तपाईले वर्षभरमा कनेक्ट आइपिएसमार्फत् एउटा खाताबाट अर्काे खातामा रकम पठाउँदाकाे काराेबार स‌ंख्या र बै‌ंकले लिने एटिएम शुल्क मध्ये कुन सस्ताे पर्छ, त्यसकाे तुलना गरेर निर्णय लिनुपर्छ ।

माेबाइल बैंकिङ सेवा लिनु भएकाे छ भने एटिएम कार्ड नलिए पनि हुन्छ। अचेल प्रायः जसाे बैंककाे माेबाइल बैंकिङ एप्समै कार्डलेस विथड्रअल सेवा अर्थात् एटिएम कार्ड बिना नै माेबाइल बैंकिङ एप्सकाे माध्यमबाट एटिएम मेशिनबाट नगद झिक्न सकिने सुविधा उपलब्ध छ। तर माेबाइल बैंकिङ सेवा लिएकाे बैंककाे एटिएमबाट मात्र यस्ताे सेवाकाे प्रयाेग गरेर रकम झिक्न सकिन्छ। भविष्यमा सबैं बैंक तथा वित्तीय संस्थाहरू साझा संजालमार्फत् जुनसुकै बैंककाे कार्डलेस विथड्रअल सुविधा प्रयाेग गरेर जुनसुकै बैंककाे एटिएम मेशिनबाट नगद झिक्न मिल्ने गरी कार्ड रहित एटिएम सेवा प्रयाेगमा ल्याउन सकेकाे अवस्थामा एटिएम कार्डकाे छपाई, ढुवानी, वितरण,नविकरण, सुरक्षालगायतकाे खर्च समेत बचत हुनेछ । याे सुविधाले बैंकका ग्राहक र बैंककाे समेत खर्च कटाैती गर्न सहयाेगी हुनेछ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

57%

खुसी

0%

दुःखी

29%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS