IME Life

कियाले ल्यायो नेपाली बजारमा नयाँ एमपीभी कारेन्स गाडी, यस्ता छन् विशेषता

SPIL
NIC ASIA

काठमाडौं । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स गाडी नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज मार्फत गाडी सार्वजनिक गरेको हो । १.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डीसीटी अप्सन छ । कारेन्स ११५ बीएचपी तथा २५० एनएम टर्कयुक्त १.५ लिटर टर्बो डिजेल इन्जिनमा पनि उपलब्ध छ । यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन छ । कारेन्स प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९० हजार तथा प्रेस्टिज भेरियन्टमा ५२ लाख ९० हजार रुपैयाँ तोकिएको जनाएको छ ।

कम्पनीले पछिल्लो संस्करण ‘किया कारेन्स’ लाई पारिवारिक कार भनेको छ । ‘कारेन्स कार मात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि सवारीको उत्तम विकल्प हो,’ कम्पनीद्वारा विज्ञप्तिमा भनिएको छ, ‘यो आधुनिक सेफ्टी, स्पेस र स्टाइल समेटेर आएको छ ।

Prabhu
Crest

किया कारेन्स भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईसीओटीवाई) २०२३ अवार्ड प्राप्त एमपीभी हो । गत जनवरीमा भारतमा ७ हजार ९०० थान कारेन्स बिक्री भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सन् २०२२ को जुनमा ७ हजार ८९५ युनिट बिक्री भएको थियो । ‘एक वर्षअघि बजारमा आएयता भारतमा ७० हजार ६५६ युनिट कारेन्स बिक्री भएको छ’ कम्पनीले भनेको छ ।

यसमा ६ एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल हिृवल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर जडान छ ।

यो दुई थरी पेट्रोल इन्जिनमा उपलब्ध छ । ११५ बीएचपी र १४४ एनएम टर्कयुक्त १।५ लिटर एउटा इन्जिन र अर्को १४० बीएचपी र २४२ एनएम टर्कयुक्त १।४ लिटरमा उपलब्ध छ । ६ स्पिड म्यानुअल भने १.५ लिटर पेट्रोलमा मात्र प्रदान गरिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS