IME Life

आजको नेप्से सूचकको दोहोरो अंकको वृद्धिलाई विश्लेषण गरेर हेर्दा

SPIL
NIC ASIA

काठमाडौं । नेप्से परिसूचक आज धेरै दिन पछि वृद्धि भएको छ । लगातार घट्दै गरेको नेप्से साताको दोश्रो कारोबार दिन २२ दशमलव ६५ अंकले वृद्धि भएको छ। नेप्से परिसूचक १ दशमलव १८ प्रतिशतले वृद्धि हुँदा १ अर्ब २९ करोड भन्दा माथिको कारोबार भएको छ । कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा सामान्य बढेको छ ।

आजको बजारको ग्राफ हेर्दा बुलिस ग्राफ बनेको देखिन्छ। बजार बन्द हनु भन्दा १ घण्टा अघि देखि बजार बढ्न थालेको देखिन्छ। प्राविधिक हिसाबमा यसलाई सकारात्मक रूपमा हेरिन्छ ।

Prabhu
Crest

त्यस्तै आजको बजारको वृद्धिमा सबै सेक्टरको योगदान रहेको छ जसमध्ये व्यापार समूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ६४ प्रतिशतले बढेको छ भने त्यस पछि जलविद्यु समुह सर्वाधिक वृद्धि हुने समुहमा दोश्रो स्थानमा छ । म्युचुअल फण्ड सबैभन्दा कम शून्य दशमलव २९ प्रतिशत बढेको छ भने लघुवित्तको सूचक शुन्य दशमलव ४२ प्रतिशतले बढेको छ । लघुवित्त सेक्टरमा अझै प्रेसर देखिएको छ । बजार वृद्धि हुँदा लघुवित्त सूचकमा पनि राम्रै वृद्धि देखिनेमा विगतको त्यो प्रवित्तिमा केही कमी आएको छ ।

ब्रोकरको फ्लोरसिटलाई हेर्दा ब्रोकर नम्बर ५८ बाट सर्वाधिक कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट १६ करोड ७ लाखको कारोबार भएको छ । जसमा ६ करोड ८२ लाखको धितोपत्र खरिद भएको छ भने ९ करोड २४ लाखको विक्री भएको छ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३५ मा सर्वाधिक कारोबार गरेको छ।  ब्रोकर नम्बर ३५ बाट ३ करोड ८८ लाखको खरिद हुँदा ९ करोड ९२ लाखको बिक्री भएको छ । सुरुका दुई ब्रोकरले बिक्री धेरै गरेका छन् भने शिर्ष ५ का बाँकी ३ ब्रोकरले खरिद धेरै गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS