IME Life

हिमालयन रिइन्स्योरेन्सको वित्तीय सूचकमा उल्लेख्य सुधार, बीमा शुल्क आर्जन ७ गुणाले बढ्दा मुनाफा घट्यो

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको सम्पुर्ण वित्तीय सूचकमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा खुद बीमा शुल्क आर्जन ७ गुणाले बढाउन सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा २ अर्ब ३६ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा जम्मा २९ करोड ९९ लाख रुपैयाँ मात्रै थियो । त्यस्तै कुल बीमा शुल्क आर्जन २ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीले पाउदै आएको डाइरेक्सेसनको आधा हिमालयन रिलाई दिनै पर्ने बनाइदिए सँगै कम्पनीको बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार देखिएको हो ।

Prabhu
Crest

बीमा शुल्क आर्जनमा उल्लेख सुधार देखिए पनि मुनाफामा भने धेरै नै गिरावट आएको छ । कम्पनीको मुनाफा ६२ प्रतिशतले घटेर समिक्षा अवधिमा ४ करोड ६३ लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १२ करोड ४७ लख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

जगेडा कोष भने ३७.८७ प्रतिशतले बढेको छ । कोषमा १७ करोड ७७ लाख रुपैयाँ जम्मा भएको छ । बीमा कोषमा १३ करोड ६९ लाख रुपैयाँ जम्मा भएको छ । व्यवसायमा बृद्धि भए सँगै खुद दाबी भुक्तानीमा पनि उल्लख्य सुधार भएको छ । समिक्षा अवधिमा कम्पनीले १४ करोड ७७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

बीमा शुल्क आर्जनका लागि कम्पनीले पुनर्बीमा कमिशन मात्रै ६० करोड ८० लाख रुपैयाँ खर्चिएको छ । गत वर्ष यस्तो खर्च ५ करोड ६० लाख रुपैयाँ मात्रै थियो । कम्पनीले अझै ४२ करोड ४१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS