IME Life

मर्जर सम्पन्न गरेका चार निर्जीवन बीमा कम्पनीको कब्जामा ३६ प्रतिशत बजार, कसको स्ट्रेन्थ कति ?

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुको मर्जर सँगै बजार केन्द्रिकृत हुन थालेको छ । मर्जर अगाडी ४/५ प्रतिशत बजार हिस्सा ओगट्ने कम्पनीले १०/१२ प्रतिशत बजार हिस्सा ओगट्न थालेका छन् । यसै क्रममा मर्जर सफल भएका चार बीमा कम्पनीको बजार हिस्सा ३६ प्रतिशत पुगेको छ । जीवन बीमा कम्पनीहरुमा आजका दिनमा पनि ४/५ वटा कम्पनीको हातमा ५०/६० प्रतिशत बजार रहेको छ ।

तर निर्जीवन बीमा कम्पनीहरुको हकमा त्यस्तो छैन । सञ्चालनमा रहेका मध्ये सर्वाधिक बजार हिस्सा शिखरको छ । जसको पनि १२.९२ प्रतिशत मात्रै हिस्सा रहेको छ । मर्जर सँगै उनिहरुले सर्वाधिक ठुलो बजार हिस्सा ओगटेको शिखरलाई टक्कर दिन थालेका छन् ।

Prabhu
Crest

चार वटा सफल मर्जर मध्ये दुई वटाको एकिकृत कारोबार पछिको व्यवसायिक स्थिति पनि सार्वजनिक भइसकेको छ । हिमालयन एभरेष्ट र सानिमा जिइआइसीको मर्जरमा खासै सिनर्जी देख्न पाइएको छैन । हिमलायन एभरेष्ट कर्मचारी समायोजन तर्फ चुक्यो । सानिमा जिआइसी निर्जीवन बीमा क्षेत्रकै सर्वाधिक कमजोर कम्पनी थिए । यसले पनि उनिहरुमा सिनर्जी देख्न सकिएन ।

तर पछिल्ला दुई ठुला मर्जरले वास्तविक अवस्थालाई चित्रण गर्ने विश्लेषकहरु बताउछन् । पछिल्लो समय मर्जर भएका चार वटा कम्पनी वास्तवमै बजारमा छुट्टै पहिचाहन बनाएका कम्पनी हुन् । उनिहरुमा आ-आफ्नै किसिमको स्ट्रेन्थ रहेको छ । यसले गर्दा सिनर्जी आउने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको दावी छ । सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरको एकिकृत कारोबारको उद्घाटनका सन्दर्भमा अध्यक्ष सिलवालले बजारमा छुट्टा छुट्टै पहिचाहन बनाएका र बलिया कम्पनीको मर्जरले छुट्टै सिनर्जी क्रियट गर्ने बताएका थिए ।

दुई कम्पनीको व्यवसाय जोडेर मात्रै मर्जर सफल नहुने उनको तर्क छ । यसका लागि आ-आफ्नो स्ट्रेन्थलाई अगाडी बढाउदै कमजोरी पक्षलाई सुधार गर्ने उपयुक्त मौका हुने अध्यक्ष सिलवालको भनाइ थियो । मर्जर सँगै सम्पुर्ण कम्पनीको सबैभन्दा पेचिलो विषय कर्मचारी समायोजन र व्यवस्थापन नै हो । कम्पनीहरुले अहिलेका कर्मचारीहरुलाई नयाँ नयाँ स्थानमा शाखा खोलेर व्यवसायिक बृद्धिका लागि उपयोग गर्न सक्नु पर्छ । यसको मतलब अवको दुई तीन वर्ष नयाँ कर्मचारी भर्ती नगरी उनिहरुलाई समायोजन गर्न सक्नु पर्छ र उनिहरुबाट अधिकतम उत्पादकत्व लिन सक्नु पर्छ । जसले यो चुनौतीलाई व्यवस्थापन गर्न सक्छ त्यसले राम्रो बजार विस्तार गर्न सक्छन् ।

मर्जर सँगै कम्पनीको आकार मात्रै बढेको छैन क्षमता पनि बढेको छ । यहि क्षमतालाई शक्तिका रुपमा बदल्न सक्नु पर्छ । जसमा शाखा कार्यालयको स्ट्रेन्थ बढाउने, कर्मचारीको क्षमता बढाउने, नयाँ नयाँ प्रविधिमा खर्च गर्ने, व्यवसायलाई डिजिटलाइज बनाउने काम गर्न सक्नु पर्छ । कम्पनीहरुले दाबी भुक्तानीलाई पनि डिजिटल माध्यमबाट व्यवस्थित गर्ने प्रयास गर्नु पर्छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी

नेपालको बीमा क्षेत्रमै पहिलो मर्जरको इतिहास रचेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कर्मचारी व्यवस्थापनमा भने चुक्यो । जसले गर्दा व्यवसायिक रुपमा ठुलो उपलब्धी हासिल गर्न सकेको देखिदैन । पुर्ववत रुपमा भएको व्यवसायलाई पनि सगेट्न नसक्दा बजार हिस्सा ७.३६ प्रतिशत भन्दा माथि जान सकेको छैन ।

दुई कम्पनीले गत साउनदेखि एकिकृत कारोबारको शुभारम्भ गरेका थिए । मर्जर हुनु भन्दा अगाडी अर्थात असारमा हिमालयको बीमा शुल्क आर्जन २ अर्ब ६ करोड र एभरेष्टको एक अर्ब २२ करोड थियो । यो जोड्दा तीन अर्ब २८ करोड हुन जान्छ । तर चालु आर्थिक वर्षको माघ महिनासम्ममा अर्थात ७ महिनामा हिमालयन एभरेष्टको बीमा शुल्क आर्जन एक अर्ब ६९ करोड छ । यहि हिसावले गत असारको व्यवसाय पनि गर्न सक्ने देखिदैन ।

मर्जर पछि यस कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड थियो । जगेडा कोषमा ४६ करोड रहेको छ । कम्पनीले पछिल्लो समय घोषणा गरेको बोनस शेयरबाट पनि न्युनतम चुक्ता पूँजी जुट्न सक्ने देखिदैन ।

सानिमा जिआइसी

निर्जीवन बीमा क्षेत्रको दोस्रो सफल मर्जर सानिमा र जनरल इन्स्योरेन्स कम्पनी विच भएको हो । दुई कम्पनीले गत कार्तिकदेखि संयुक्त कारोबार शुभारम्भ गरेका थिए । मर्जर अगाडी दुई कम्पनीको कारोबार जोड्दा ५३ करोड थियो । मर्जर पछि माघ महिनासम्ममा एक अर्ब १९ करोड पुगेको छ ।

चुक्ता पूँजी २ अर्ब रुपैयाँ मात्रै छ । कम्पनीले अझै ५० करोड जुटाउनु पर्ने बाध्यता छ । जगेडा कोष हेर्ने हो भने दोस्रो त्रैमाशिक अवधिमा ३० करोड मात्रै छ । यसले गर्दा कम्पनीले जसरी पनि हकप्रद शेयर निष्काशन गर्नै पर्ने बाध्यता छ ।

सिद्धार्थ प्रिमियर

निर्जीवन बीमा क्षेत्रको तेस्रो सफल मर्जर सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर विच भएको हो । यि दुईको मर्जर सँगै चुक्ता पूँजीका हिसावले सिद्धार्थ प्रिमियर सर्वाधिक ठुलो कम्पनी बन्न सफल भएको छ । मर्जर पछि सिद्धार्थ प्रिमियरको चुक्ता पूँजी २ अर्ब ८० करोड पुगेको छ । जगेडा कोषमा ५८ करोड रुपैयाँ रहेको छ ।

मर्जर पछि बीमा शुल्क आर्जनको अवस्था हेर्न पाइएको छैन । तर मर्जर अगाडीको बीमा शुल्क आर्जन जोड्ने हो भने २ अर्ब ७० करोड रहेको छ । जसको बजार हिस्सा ११.७१ प्रतिशत हुन आउछ । बीमा शुल्क तर्फ भने कम्पनीको बजार हिस्सा तेस्रो स्थानमा छ ।

सगरमाथा लुम्बिनी

बीमा क्षेत्रका दुई ठुलो हस्ती सगरमाथा र लुम्बिनी मिलेर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी बनेको छ । यसै साता कारोबार शुभारम्भ गरेको यस कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड पुगेको छ । मर्जर पछि चुक्ता पूँजीका हिसावले यो तेस्रो ठुलो कम्पनी हो ।

त्यस्तै बीमा शुल्क आर्जन तर्फ भने दोस्रो ठुलो बजार हिस्सा ओगटेको छ । मर्जर अगाडीको बीमा शुल्क आर्जनलाई जोड्दा २ अर्ब ८० करोड हुन जान्छ । सात महिनाकै अवधिमा चुक्ता पूँजी भन्दा बढि व्यवसाय गरिसकेका यि दुई कम्पनीको बीमा शुल्क आर्जन आर्थिक वर्षको अन्त्य सम्ममा दोब्बर बढि हुन सक्छ । यदि मर्जरका क्रममा कुनै किसिमको समस्या देखिएन भने यसले राम्रो सिनर्जी क्रियट गर्न सक्ने अनुमान गर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

13%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS