Prabhu Life Ad Final

चाैधरी ग्रुपले पनि शुरू गर्याे डिजिटल वालेट सुविधा

IME PAY

काठमाण्डाै‌ । नेपाली बहुर्राष्ट्रिय कम्पनी चाैधरी ग्रुप (CG Corp Global सिजी कर्प ग्लाेबल) ले पनि विद्युतीय भुक्तानी सेवा शुरू गरेकाे छ । यूराेपेली मुलुक मल्डाेभामा माेबाइल सेवा प्रदायक कम्पनी माेल्डसेल संचालन गरिरहेकाे सिजी कर्पले माेल्ड सेल मनि ब्राण्डमा विद्युतीय भुक्तानी सेवा स‌ंचालनमा ल्याएकाे हाे ।

उपभाेक्तालाई उत्कृष्ट वित्तीय काराेबारकाे अनुभव गराउनका लागी माेल्डसेलले विद्युतीय वित्तीय समाधान प्रदायक विश्वविख्यात कम्पनी कमभिभाकाे प्रविधि प्रयाेगमा ल्याएकाे हाे । माेबाइल मनी प्रयाेगकर्ताले बै‌ंक कार्ड वा नगद बिना नै माेबाइल नम्बरकाे भरमा रकम पठाउन, पाउन वा भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध रहेकाे माेल्डसेलले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ।

NCHL

मल्डाेभाकाे दाेश्राे ठूलाे दूरसंचार सेवा प्रदायक माेल्डसेलकाे शेयर स्वामित्व चाैधरी ग्रुपले २५ मार्च २०२० मा ३ कराेड ५० लाख अमेरिकी डलर(हालकाे विनिमय दर अनुसार ४ अर्ब ६२ कराेड रूपैयाँ) मा स्वेडेनकाे टेलिया कम्पनीसँग खरिद गरेकाे थियाे । माेल्डसेलसँग १६ लाख भन्दा बढी प्रयाेगकर्ता छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

43%

खुसी

0%

दुःखी

57%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x