IME Life

नेप्से घेर्न गएका लगानीकर्ता तिलक कोइराला प्रहरी नियन्त्रण

SPIL
NIC ASIA

काठमाडौं । पूँजी बजारको सुधारको माग राख्दै नेपाल स्टक एक्सचेन्ज घेराउ गर्न पुगेका लगानीकर्ता तिलक कोइराला सहितका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोइराला सहित नयन बास्तोला, अर्जन प्रसाद कोइराला सहितका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी वृत्त अनामनगरमा राखिएको छ ।

कोइरालालले नेपाल सरकार पूँजी बजार सुधार सम्बन्धी ५८ बुँदे माग पुरा गर्न दवाव दिदै नेप्से पुगेका थिए । उनिसहित अन्य लगानीकर्ता तीन वर्ष अगाडी पूँजी बजारको सुधारको माग राख्दै आमरण अनसन बसेका थिए । उनको निरन्तरको दवाव पछि नेपाल राष्ट्र बैंक सहित सरोकारवाला निकायका पदाधिकारीहरु सहितको अध्ययन समितिले पूँजी बजार सुधार सम्बन्धी ५८ बुँदै कार्यपत्र प्रस्तुत गरेको थियो । त्यहि बजार सुधारका लागि ५८ बुँदा कार्यान्वयनको माग राख्दै लगानीकर्ताहरुले आवाज उठाउदै आएका छन् ।

Prabhu
Crest

गएको वर्ष बजार सुधार हुने क्रममा अधिकतम विन्दुमा पुग्यो । त्यतिवेला लगानीकर्ताहरुले ५८ बुँदा बिर्सिएका थिए । अहिले बजार लगातार घट्ने क्रममा तल्लो विन्दुमा झरेको छ । यसै क्रममा लगानीकर्ताको विरोध पनि चर्किदै गएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

67%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS