IME Life

स्वास्थ्य बीमा बोर्डका अली २२ लाख लिएर फरार, ७ दिनभित्र उपस्थित हुन निर्देशन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा वापत सर्वसाधारणसँग उठाइएको बीमा शुल्क रकम लिएर स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी फरार भएका छन् । स्वास्थ्य बीमा वापत संकलन गरिएको करिब २२ लाख रुपैयाँ लिएर बोर्डका सि.अ.हे.व छैठौं तहका मोहम्मद फिरोज अली फरार भएको बोर्डले एक सुचना जारी गर्दै जनाएको छ ।

पुस ११ गतेदेखि फरार भएका अलिलाई स्वास्थ्य बीमा बोर्डले २४ घण्टाभित्र हाजिर भई स्पष्टीकरण पेश गर्न पत्राचार गरेपनि उनले कुनै पनि प्रतिक्रिया नजनाएको बोर्डले उल्लेख गरेको छ ।

Crest

बोर्डको उदयपुर जिल्ला सम्पर्क कार्यालयमा कार्यरत अली पुस ११ गते देखि कुनै सुचना तथा जानकारी बिना कार्यायलमा अनुपस्थित भएको र पटक पटक सम्पर्क गर्दा समेत सम्पर्कबिहिन भइ कुनै पनि जिम्मेवार बोध नगरेको बार्डबाट कल गर्दा फोन नउठाएको र कुनै पनि रेसपोन्स नगरेको बोर्डले जनाएको छ ।

अलीले २०६९ असार मसान्तभित्रमा दर्ता सहयोगीहरु मार्फत बीमितबाट संकलन गरेको २१ लाख ८५ हजार १५० रुपैयाँ बीमा शुल्क आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको र व्यक्तिगत चेकबाट बोर्डको खातामा जम्मा गर्न भौचर भरी पेश गर्दा त्यसबेला खातामा रकम नभई चेक फिर्ता (बाउन्स) भएको थियो । त्यसको सम्बन्धमा बोर्डले पुस १३ गते पत्रचार गरी स्पष्टिकरण माग गरेकोमा आजसम्म कुनै जानकारी नआएको बोर्डले जनाएको छ ।

बोर्डले अलीलाइ सुचना प्रकाशित भएको मितिले सात दिनभित्र रकम दाखिल गरेर स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ । बोर्डले तोकिएको यस समयभित्र अलीले रकम दाखिल गरेर स्पष्टीकरण पेश नगरेमा अपचलन गरेको रकम व्याज सहित असुल गर्न प्रक्रिया अघि बढाउने र कानून बमोजिम कारबाही गर्ने बोर्डले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS