SKIP THIS

IK Anniversary
IME Life

अभिकर्ताको लाइसेन्स नविकरण चैत ५ गतेदेखि सुरु गर्ने तयारी, अनलाइन भुक्तानी सेवा प्रदायक थपिदै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताको लाइसेन्स नविकरण यहि चैत ५ गतेदेखि सुरु गर्ने तयारी गरेको छ । बीमा ऐन २०७९ अनुसार बीमा अभिकर्ताले चैत मसान्त भित्र नविकरण गर्नु पर्नेछ । अहिले गरिएको नविकरण आगामी तीन वर्षसम्मका लागि कायम रहनेछ । बीमा ऐनले तीन/तीन वर्षमा अभिकर्ता लाइसेन्स नविकरण हुने व्यवस्था गरे सँगै यहि चैत भित्र नविकरण गर्नेले अव २०८२ साल चैतमा मात्रै गर्नु पर्नेछ ।

नेपाल बीमा प्राधिकरणले नविकरणको सम्पुर्ण तयारी अगाडी बढाएको छ । बीमा ऐनमा एक भन्दा बढि बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिन नपाउने व्यवस्था सँगै प्राधिकरणले अनलाइन प्रणालीबाट डुब्लिकेन पत्ता लगाउने काम गरिरहेको छ । दोहोरो अभिकर्ताको लाइसेन्स भएकालाई छान्ने काम लगभग सकिएको प्राधिकरणले जनाएको छ ।

Prabhu
Crest

यसै प्रयोजनका लागि गत माघ ७ गतेदेखि फागुन २५ गतेसम्म बीमा अभिकर्ताको आधारभुत कागजपत्र अध्यावधिक गर्न लगाइएको थियो । यस अवधिमा एक लाख ६४ हजार अभिकर्ताले विवरण अध्यावधिक गराएका थिए । परीक्षा प्रणालीबाट अभिकर्ताको लाइसेन्स लिएकाहरुको तीन वर्षसम्म नविकरण गर्नु पर्नेछैन । बीमा ऐन लागु भएर परिक्षा प्रणाली भन्दा अगाडी लाइसेन्स लिएका अभिकर्ताले यहि चैत मसान्त भित्रमा लाइसेन्स नविकरण गर्नु पर्नेछ ।

प्राधिकरणले गत वर्ष नै अनलाइन प्रणालीबाट लाइसेन्स नविकरण गर्न मिल्ने व्यवस्थाको सुरुवात गरेको थियो । त्यतिवेला कनेक्ट आइपिएस मार्फत मात्रै नविकरण शुल्क भुक्तानी गर्न पाउने व्यवस्था गरेको थियो । प्राधिकरणले यस वर्षका लागि भने भुक्तानी सेवा प्रदायक थप्ने तयारी गरेको छ । यस पटक भने अभिकर्ताले कनेक्ट आइपिएसका अतिरिक्त इसेवा लगायतका भुक्तानी सेवा प्रदायकहरु मार्फत भुक्तानी गर्न पाउने छन् । प्राधिकरणले केहि समय अगाडी कम्पनीहरुलाई आह्वा नगरेको थियो । यस क्रममा आवेदन दिएका कम्पनीहरुलाई प्रणालीमा जोड्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

जीवन बीमा व्यवसायमा अभिकर्ताबाटै सबैभन्दा धेरै व्यवसाय भित्रिन्छ । त्यसैले बीमा पोलिसी खरिद गर्दा अभिकर्ता अनिवार्य हुनै पर्छ । अभिकर्ताले बीमा पोलिसीको जानकारी गराउनेदेखि लिएर आम मानिसलाई बीमाको विषयमा बुझाउने काम गर्दछन् । उनिहरुले पोलिसी बिक्री गर्दै गर्दा बीमितलाई बीमा गर्न प्रोत्साहित गर्छन् ।  बीमा नियमावली नबन्दा अभिकर्ताले पुरानै नियमावलीमा भएको व्यवस्था अनुसार नविकरण शुल्क भुक्तानी गर्नु पर्नेछ । अब बीमा अभिकर्ताहरुले नविकरण शुल्कवापत २०० रुपैयाँ भुक्तानी गरेर आगामी तीन वर्षका लागि आफ्नाे इजाजत पत्र नविकरण गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%

खुसी

0%

दु :खी

5%

अचम्मित

5%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS