IME Life

एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकको लाइसेन्स, डिपि सहित चार वटा सेवा दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटललाई धितोपत्र व्यवसायी अर्थात मर्चेन्ट बैंकरको लाईसेन्स प्रदान गरेको छ । धितोपत्र बोर्डले हिजै लाइसेन्स दिने निर्णय गरेको थियो । औपचारिक रुपमा भने आज लाइसेन्स दिइएको हो ।

गतबर्ष नै पुँजी बजारका सकृय लगानीकर्ताहरु र गैरआवासिय नेपालीहरुको लगानीमा स्थापित यस संस्थाले कान्छो मर्चेन्ट बैंकरको रुपमा लाइसेन्स प्राप्त गरेको धितोपत्र बोर्डले जनाएको छ ।

SKYWELL
Crest

बोर्डका अध्यक्ष रमेश कुमार हमालले बुधवार एक समारोहका बिच मर्चेन्ट बैंकर अनुमतिपत्रको प्रमाणपत्र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई हस्तान्तरण गरेका हुन् । क्यापिटलले आगामी साता औपचारिक उदघाटन गरी कारोवार शुभारम्भ गर्ने जनाएको छ ।

एलिट क्यापिटलले लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा कार्यालय स्थापना गरिसकेको छ । सोही स्थानबाट व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाईजरी, धितोपत्र प्रत्याभूति (अण्डरराईटिङ) र डिपी सेवा समेत दिने क्यापिटलले जनाएको छ ।

२२ करोड ५० लाख रुपैयाँ पुँजी रहेको क्यापिटलले थप प्रक्रिया पुरा गरेर निकट भविष्यमै प्राईभेट ईक्विटी तथा भेन्चर क्यापिटल र म्यूचुअल फण्डको समेत व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

व्यवसायिक व्यक्ति तथा संस्थाहरुको लगानी र दक्ष व्यवस्थापनमार्फत कारोवार शुरु गरेको एलिट क्यापिटलले बजारमा चलिरहेको भन्दा आकर्षक स्किमहरु ल्याउने जनाएको छ ।

हाल संचालनमा रहेका ३९ वटा मर्चेन्ट बैंकरहरुमध्ये यो पछिल्लोपटक स्थापना भएको मर्चेन्ट बैंकर हो । बोर्डले लामो समयदेखि मर्चेन्ट बैंकरको लाईसेन्स दिएको थिएन । संचालनमा रहेका मर्चेन्ट बैंकरहरुमध्ये झण्डै एक दर्जन क्यापिटल मर्जर वा खारेजीमा गैसकेका वा जाने क्रममा छ । नेपालमा मर्चेन्ट बैंकरको संख्या घट्दो क्रममा रहेको सन्दर्भमा एलिट क्यापिटलले पूर्ण व्यावसायिक सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS