Prabhu Life Ad Final

९ महिना पछि ग्रीन डेभलपमेण्ट बैंकले पायो सीईओ, नियुक्त भए हरि बहादुर बुढाथोकी

IME PAY

काठमाडौं ।  ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् । मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले गत असार महिनादेखी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका बुढाथोकीलाई भोलि चैत १ गतेदेखी कार्यभार सम्हाल्ने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्व विद्यालयवाट बाणिज्य शात्रमा स्नातकोत्तर उतिर्ण गरेका बुढाथोकी सँग करिव डेढ दशक भन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । बैंकिङ क्षेत्रको लामो अनुभव संम्हालेका बुढाथोकीले ग्राहक, शेयरधनी तथा निमयनकारी निकायहरुको चाहना तथा नीति निर्देशन बमोजिम बैंकको सेवा बिस्तार गरी बैंकलाई थप उचाइमा पुर्याउने बैंकले विश्वास लिएको छ ।

NCHL

पोखरा न्युरोडमा केन्द्रिय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले शाखा कार्यालयहरु मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै  आएको छ । पछिल्लो समय ब्यापार विस्तारमा सफल रहदै आएको बैंकले कृषि, पर्यटन र साना उद्यम जस्ता क्षेत्रमा कर्जा लगानीलाई विषेश जोड दिदै आएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दुःखी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x