IME Life

अभिकर्ता नविकरणका लागि एक लाख ६४ हजार अभिकर्ताले बुझाए विवरण, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । बीमा अभिकर्ता नविकरणका लागि कुल एक लाख ६४ हजारले विवरण अध्यावधिक गराएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्ना एक लाख ६४ हजार अभिकर्ताहरुको लाइसेन्स नविकरणका लागि अत्यावधिक विवरण अध्यावधिक गराएका छन् ।

जीवन बीमा कम्पनीहरुले एक लाख ६२ हजार ७ जना अभिकर्ताको विवरण अध्यावधिक गराएका छन् । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले २ हजार ३९८ जना अभिकर्ताको विवरण अध्यावधिक गरेका हुन् । प्राधिकरणले विवरण अध्यावधिक गरेकाहरु मध्येबाटै एक भन्दा बढि बीमा कम्पनीहरुको लाइसेन्स लिएका अभिकर्ताहरुको छनोट कार्य अगाडी बढाएको छ ।

Prabhu
Crest

हालसम्म ६ हजार भन्दा बढि अभिकर्ताहरुले एक भन्दा बढि बीमा कम्पनीहरुको लाइसेन्स लिएको पाइएको छ । डुब्लिकेसन देखिएका अभिकर्ताहरुलाई प्राधिकरणले कुनै एक कम्पनी छनोट गर्ने अवसर प्रदान गर्नेछ । बीमा ऐनमा एक अभिकर्ताले उस्तै प्रकृतिका बीमा कम्पनीहरु मध्ये एउटामा मात्रै काम गर्न पाउने व्यवस्था गरिदिएको छ । बीमा ऐनमा नै एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था भए पछि प्राधिकरणले डुब्लिकेसन पत्ता लगाउने सफ्टवेयरको निर्माण गरेको छ ।

यसैका लागि प्राधिकरणले गत माघ ६ गतेदेखि सम्पुर्ण बीमा कम्पनीहरुलाई आफ्ना अभिकर्ताको नागरिकता, प्यान कार्ड, एसएलसी वा सो भन्दा माथिको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र, पार्सपोर्ट साइजको फोटो प्रणालीमा अध्यावधिक गर्न निर्देशन दिएको थियो । पहिलो चरणमा फागुन ७ गतेसम्म म्याद दिइएको थियो । तर कम्पनीहरुले समयमा विवरण अध्यावधिक नगरे पछि पटक पटक म्याद थप गर्दै हिजो अन्तिम दिन तोकिदिएको थियो ।

प्राधिकरणले ढिलोमा पनि चैत ५ गतेदेखि अभिकर्ता लाइसेन्सको नविकरण खुला गर्नेछ । लाइसेन्स नविकरण गर्ने क्रममा एउटा मात्रै बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिएको खण्डमा कुनै पनि समस्या हुने छैन । तर एक भन्दा बढी बीमा कम्पनीबाट लाइसेन्स लिएको पाइएमा प्रणालीले नै अव कुनै एक कम्पनी छनोट गर्ने सुविधा प्रदान गर्नेछ । अभिकर्ताले कुनै एक कम्पनी छनोट गरेर नविकरण प्रकृया पुरा गरे पछि अन्य कम्पनीहरुको अभिकर्ता लाइसेन्स स्वत निष्कृय हुनेछ । जसबाट नयाँ व्यवसाय गर्न पाइने छैन ।

कुन जीवन बीमा कम्पनीको कति

जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरु रहेका छन् । नेपाल लाइफले २५ हजार ४७७ जना अभिकर्ताको विवरण अध्यावधिक गराएको छ । गएको चैत मसान्तका लागि नेपाल लाइफमा नविकरण गर्ने अभिकर्ताको संख्या २३ हजार ४९९ जना थिए । अव यस वर्षका लागि नविकरण गर्ने अभिकर्ता केवल २५ हजार ४७७ जना मात्रै रहनेछन् ।

त्यस्तै दोस्रो ठुलो अभिकर्ता सञ्जाल सूर्यज्योति लाइफको रहेको छ । दुई कम्पनी मर्ज सँगै सूर्यज्योति लाइफले १७ हजार १३१ जना अभिकर्ताको विवरण अध्यावधिक गराएको छ । तेस्रो धेरै अभिकर्ता सञ्जाल यूनियन लाइफमा रहेका छन् । यूनियन लाइफले १६ हजार ८५१ अभिकर्ताको फाइल नविकरणका लागि अध्यावधिक गराएको हो ।

अभिकर्ता सञ्जाल तर्फ सिटिजन लाइफ चौथो स्थानमा देखिएको छ । कम्पनीले अभिकर्ता लाइसेन्स नविकरणका लागि १६ हजार ४७७ अभिकर्ताको विवरण प्रणालीमा अध्यावधिक गराएको छ । गत वर्ष कम्पनीले १२ हजार ५२४ अभिकर्ताको नविकरण गराउन सफल भएको थियो ।

अभिकर्ता सञ्जाल तर्फ आइएमई लाइफ पाँचौ स्थानमा छ । कम्पनीले ११ हजार ७४६ जना अभिकर्ताको विवरण अध्यावधिक गरेर नविकरणका लागि तयारी गरेको छ । एशियन लाइफले पनि १० हजार ६६० जना अभिकर्ताको विवरण अध्यावधिक गराएको छ । परिक्षा प्रणाली पछि लाइसेन्स लिएका अभिकर्ताले नविकरण गराउनु पर्दैन । उनिहरुले सिधै तीन वर्षका लागि लाइसेन्स पाउने भएकाले यसमा समावेश गरिएको छ ।

अन्य कम्पनीहरु क्रमश रिलायन्स लाइफको ८ हजार ३२७ जना, नेशनल लाइफ ७ हजार ३५५ जना, सन नेपाल लाइफ ७ हजार १६६ जना, मेट लाइफ ६ हजार ६७८ जना, महालक्ष्मी लाइफ ६ हजार ४६८ जना, सानिमा लाइफ ५ हजार ३५० जना, प्रभु लाइफ ५ हजार २९७ जना, एलआइसी नेपाल ४ हजार ८१० जना, प्राइम लाइफ ३ हजार ८०७ जना, गुराँस लाइफ ३ हजार ७९१ जना, रिलायबल नेपाल ३ हजार ३६० जना र राष्ट्रिय बीमा संस्थाले एक हजार २६७ जनाको विवरण अध्यावधिक गराएको छ ।

माथि एक लाख ६२ हजार अभिकर्ताहरुले नै आगामी २०८० देखि तीन वर्षसम्मका लागि लाइसेन्स नविकरणको सुविधा पाउने छन् । जवकी यस वर्षका लागि नविकरण गराउने अभिकर्ता संख्या एक लाख ४४ थियो । माथिको एक लाख ६२ हजारमा पनि ६ हजार हाराहारीको डुब्लिकेसन देखिएकाले नविकरण पश्चात वास्तविक नविकरण गर्ने अभिकर्ताको संख्या एक लाख ५९ हजार भन्दा तल झर्नेछ ।

यस वर्ष २०७९ का लागि नविकरण भएका अभिकर्ताको संख्या 

निर्जीवन बीमा कम्पनी

निर्जीवन बीमा कम्पनीहरु तर्फ पनि २ हजार ३९८ जना अभिकर्ताको विवरण अध्यावधिक भएको छ । निर्जीवन तर्फ सबैभन्दा ठुलो अभिकर्ताको सञ्जाल एनएलजी इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीले ३३२ जना को विवरण अध्यावधिक गराएको छ । त्यस्तै दोस्रो धेरै आइएमई जनरलले २९३ जना, तेस्रो धेरै लुम्बिनी जनरलले २२८ जना, चौधो धेरै सिद्धार्थ प्रिमियरले २१५ जनाको विवरण अध्यावधिक गराएको छ । अन्य कम्पनीहरु क्रमश अजोड इन्स्योरेन्स १८३, सानिमा जिआइसी १७०, हिमालयन एभरेष्ट १६०, सगरमाथा इन्स्योरेन्स १५०, राष्ट्रिय बीमा कम्पनी १२६, प्रुडेन्सियल ११८, नेको १११, प्रभु ८३, शिखर इन्स्योरेन्स ६५, दि ओरिएण्टल ६२, नेपाल इन्स्योरेन्स ४६, नेशनल इन्स्योरेन्स ४२ र युनाइटेड इन्स्योरेन्सले १४ जनाको विवरण अध्यावधिक गराएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

44%

खुसी

11%

दु :खी

11%

अचम्मित

22%

उत्साहित

11%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS