GBIME
IME Life

राष्ट्रपति पौडेलको मासिक तलब एक लाख ५० हजार, २५ लाखको बीमा सहित यस्तो पाउने छन् सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले २५ लाख रुपैयाँको बीमा सुविधा प्राप्त गर्नेछन् । राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ को दफा १२ मा बीमा सुविधा सम्बन्धी व्यवस्था रहेको छ ।

यस दफामा राष्ट्रपति र उपराष्ट्रपतिलाई सरकारी कामको सिलसिलामा स्वदेश तथा विदेशको भ्रमण गर्दा अनुसूची २ मा उल्लेख भए बमोजिमको बीमा सुविधा प्राप्त हुनेछ भनिएको छ । यसै ऐनको अनुसूची २ मा स्वेदश भ्रमण गर्दा दैनिक ३ हजार ३०० रुपैयाँ र विदेश भ्रमण गर्दा २ सय ५० अमेरिकी डलरका दरले भत्ता दिइन्छ भनिएको छ । साथै यसै अनुसूचीमा २५ लाख रुपैयाँको बीमा सुविधा प्राप्त हुने भनिएको छ ।

SKYWELL
Crest

यहि ऐन अनुसार राष्ट्रपतिको मासिक तलब एक लाख ५० हजार ४५० रुपैयाँ रहेको छ । त्यस्तै उपराष्ट्रपतिको मासिक तलब एक लाख ८ हजार रुपैयाँ रहेको छ । पोशाक सुविधा पनि वार्षिक २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपराष्ट्रपतिको हकमा वार्षिक २० हजार रुपैयाँ रहेको छ ।

आवास सुविधा

राष्ट्रपतिलाई बस्नका लागि सरकारले नै घरको बन्दोबस्त गर्दछ । हाल राष्ट्रपतिका लागि शीतल निवास छ । यो घरको मर्मत र सम्भार सरकारले नै गरिदिन्छ । घरका लागि चाहिने फर्निचर सरकारले नै किन्ने गर्छ ।

राष्ट्रपतिलाई शानदार सवारी तथा इन्धन सुविधा दिइएको हुन्छ । सवारीसाधनका लागि आवश्यक पर्ने इन्धन, मोबिल तथा मर्मत सम्भार खर्च सरकारले नै दिन्छ । हाल नागरिकले विरोध गरिरहेको राष्ट्रपतिको सवारी ‘प्रोटोकल’ नै हो । राष्ट्रपति आफ्नो आवासबाट निस्कँदा सडक पूरै खाली गराइन्छ ।

राष्ट्रपतिलाई सञ्चार सुविधा हुन्छ । आवासका लागि टेलिफोन, कम्प्युटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिकाजस्ता सञ्चार सुविधाको व्यवस्था सरकारले नै गरिदिएको हुन्छ । राष्ट्रपतिलाई प्रत्येक महिना मासिक पारिश्रमिक बराबरको रकम अतिथि सत्कार तथा भैपरी खर्चबापत दिइन्छ । यस्तो खर्चको बिल भरपाइ राष्ट्रपतिले पेस गर्नुपर्दैन ।

राष्ट्रपतिलाई सरकारले एक/एक जना निजी चिकित्सकको व्यवस्था गरिदिएको हुन्छ । यसबाहेक स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार खर्च सबै सरकारले नै बेहोर्छ । राष्ट्रपति अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नुपर्ने भएमा कुरुवा खर्चबापत तीन जनासम्मको खर्चसमेत सरकारले उपलब्ध गराउने ऐनमा व्यवस्था छ ।

राष्ट्रपतिले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाइने चाडपर्वका लागि आफूले खाइपाइ आएको एक महिनाको पारिश्रमिकबराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउँछन् ।

राष्ट्रपतिले आफ्नो पदीय काममा सहयोगका लागि बढीमा क्रमशः सात र पाँच जना विज्ञ नियुक्त गर्न पाउँछन् । यसरी नियुक्त हुने विज्ञले मासिक पारिश्रमिक तथा सुविधा पाउँछन्, जुन सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिम हुन्छ ।

निजी सचिवालयसम्बन्धी व्यवस्था

आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने हुन्छ । राष्ट्रपतिको निजी सचिवालयमा काम गर्ने कर्मचारीलाई सरकारले पारिश्रमिक दिन्छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

16%

खुसी

11%

दु :खी

39%

अचम्मित

4%

उत्साहित

30%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS