IME Life

पल र सन्दिपलाई दिएको वाह वाहीले बलात्कारीलाई प्रोत्साहन त दिदैन ?

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा जारी भएका कानुनी व्यवस्था अनुसार नाबालिगसँग सहमतिमै शारिरिक सम्पर्क राख्दा पनि त्यसलाई बलात्कार नै मानिन्छ । नेपालको चर्चित कलाकार पल शाह र क्रिकेटर सन्दिप लामिछानेले गरेको हर्कतलाई कानुनी आँखाले बलात्कार नै भन्छ । बकाइदा प्रमाणसहित थुनामा पुगेका आरोपिलाई जेलमुक्त गर्दै गर्दा न्यायपालिकाको धज्जी उडेन र ?

न्यायालय र समाजलाई पब्लिक फिगर भए पुग्छ, अथवा उनीहरुले कुनै गल्ती नै गर्दैन भन्ने भ्रम त छैन ? पब्लिक फिगरको पक्ष लिँदै गर्दा ती पिडित बालिकाले न्याय पाइन् ? न्यायपालिका स्वयम पिडकको पक्षमा उभिने हो भने पिडितले के आश गर्ने ?

Prabhu
Crest

गत वर्ष कलाकार पल शाह उर्फ पुर्णविक्रम शाहले नाबालिग गायिकामाथी पटक पटक बलात्कार गरेको भन्दै ती बालिकाले प्रहरीमा जाहेरी दिइन् । प्रहरीको छानबिन र पिडितको बयान अनुरुप कानुनले बलात्कारी घोषणा गरेपछि पिडकलाई जेल चलान गरियो । पिडक स्वयमले प्रेग्नेन्ट भएको अवस्थामा केहि सोच्थे तर प्रेग्नेन्ट नै भएकी छैन भन्ने जस्ता बयान दिँदै गर्दा कानुनले दोषि ठहर गर्याे । तर गत आइतबार (फागुन १४) उच्च अदालत पोखराले अभियोग दाबी नपुगेको भन्दै सफाइको फैसला सुनायो । यदि अभियोग दाबी नपुगेकै हो भने एक वर्ष अघि कानुनले किन बलात्कारी ठहर गर्याे ?

गत भदौमा क्रिकेटर सन्दिप लामिछाने विरुद्ध नाबालिग बलात्कारको जाहेरी पर्याे । पिडकको बयान अनुरुप अनुसन्धान गर्दा प्रमाण फेला परेको भन्दै प्रहरीले पक्राउ पूर्जी जारी गर्याे । देशबाहिर रहेका लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लागेको थाहा पाएपछि केहि महिना गुमनाम भए । इन्टेलिजेन्ट ब्यूरोको सहायतामा पक्राउ गर्ने तयारी भएपछि उनी स्वयम नेपाल फर्किए । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाटै हतकडी लगाएर बलात्कारी घोषणा गरेको कानुनले पाँच महिनापछि पक्राउ गर्नुपर्ने कारण केहि नभएको भन्दै उनलाई जेल मुक्त गर्नुका साथै विदेश जान समेत अनुमति दिइयो ।

नाबालिग बलात्कार बिरुद्ध नेपालको कानुनमा के छ व्यवस्था ?

मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरका कुनै बालिकालाई करणी गरेमा वा मञ्जुरीमा शारिरिक सम्पर्क भएमा त्यसलाई बलात्कार नै ठहर गरिन्छ । करकाप अनुचित प्रभाव, डर, त्रास देखाई लिएको मञ्जुरी मार्फत भएको सम्पर्कलाई बलात्कार मानिन्छ । यसरी नाबालिगमाथि भएको बलात्कारमा दोषिलाई सात वर्षदेखि जन्मकैदसम्मको सजाय तोकिएको छ । तर कलाकार र खेलाडीद्धयको हकमा भने संबिधानमा तोकिएको सजाय लागू भएन ।

पब्लिक फिगरले ढाक्यो अपराध

नेपाली म्यूजिक भिडियोमा बाक्लै देखिने मोडल, नेपाली चलचित्रमा समेत प्रभुत्व जमाएका शाहले नाबालिग गायिकामाथि पटक पटक करणी गरेको समाचार फैलिदा धेरैलाई अपत्यारिलो लाग्यो नै । क्रिकेटर लामिछानेले पनि यस्तो गर्लान् र ! भन्ने प्रश्न धेरैको मनमा उब्जियो ।
तर कानुनले नै दोषि ठहर गरिसक्दा समेत उनका समर्थकले चोख्याइरह्यो । उनी तनहुँ कारागारबाट बाहिरिदाको दृश्य देख्दा उनी ठूलै युद्ध जितेर फर्केका योद्धा झै देखिए । लामिछानेलाई त अभियन्ताहरुले फूलमाला सहित स्वागत गरे । तर ती समर्थकले कुनै दिन आफ्नै नाबालिग छोरी, बहिनी यस्तै पब्लिक फिगरको प्रभावमा पर्लान् भन्ने सोच राखेको देखिएन ।

कानुनकै धज्जी उड्यो

पूर्व कप्तान लामिछानेलाई धरौटीमा रिहाइ गर्दा लागेको भिड होस् अथवा शाहलाई जेल मुक्त गर्दाको भिड । यी तीनै समाजका व्यक्ति हुन् जसले पिडकलाई समर्थन र पिडितलाई झनै पिडा दिइरहेका छन् । यसले समाजमा अपराध गर्नेलाई थप प्रोत्साहन मिलेको छ ।
नाबालिग बलात्कार जस्तो गम्भिर आरोप लागेका आरोपिलाई रिहाइ गर्न पटक पटक न्यायलय धाउने समर्थक र अभियन्तावादीहरुले नै देशको कानुनको धज्जी उडाइरहेका छन् ।

यी तिनै अभियन्ता हुन् जसले देशको कानुनले पट्टी बाँधेको आरोप लगाउँदै आएका छन् । केहि रुपैयाँमा बिक्ने अभियन्ताले पट्टी बाँधेको कानुनबाटै आफू अनुकुल फैसला पाइरहेका छन् । अपराधिलाई निर्दाेष साबित गर्ने र पिडितलाई थप पिडामा पार्ने तीनै अभियन्ताको आडमा कानुनको धज्जी उडाउने पब्लिक फिगर छ्यापछ्याप्ती छन् । बलात्कारको आरोप खेपेका आरोपी जेल मुक्त हुँदा वाह वाहीका साथ फुलमालाले स्वागत गर्दै गर्दा कतै बलात्कारीलाई प्रोत्साहन त गर्दैन ? समाजमा शाह र लामिछाने जस्ता थुप्रै पब्लिक फिगर छन् ।

समाजको यस्तो क्रियाकलापले आपराधिक मानसिकता बोकेका पब्लिक फिगर अपराध उन्मुख त भएका छैनन् ?तिनै पब्लिक फिगर लक्षित गर्दै सरकारले कानुन बदल्न आवश्यक छ । हैन भने नाबालिग गायिका र गौशाला जस्ता थुप्रैले चरित्रहिनको ट्याग भिर्न तयार हुनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%

खुसी

78%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

11%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS