IME Life

जीवन बीमा गर्न पैसा तिर्नु पर्दैन, राजेन्द्र चन्दको विचार

SPIL
NIC ASIA

राजेन्द्र चन्द

आम चलन चल्तिको भाषामा कुनै चिज बस्तु वा सेवा खरिद गर्दा हामी पैसा तिर्ने गर्छौ । चाहे त्यो कुनै खाद्य पदार्थ खरिद गर्दा  होस् या कुनै होटल/अस्पतालको सेवा नै लिदा किन नहोस, यी र यस्तै सेवा खरिद गर्दा नै किन नहोस त्यो समयमा हामीले पैसा तिर्नु पर्दछ ।

Prabhu
Crest

यदि हामी बैंकको सेवा उपभोग गर्न जान्छौं भने त्यहाको लागि हाम्रो बुझाई फरक हुने गर्दछ । बैंकमा जादा वा बैंकको सेवा लिदा हामीले सहजै बोल्ने भाषा हो बैंकमा पैसा जम्मा गरेर आए अथवा बैंकमा पैसा जम्मा गर्न गएको थिए ।

अर्थमन्त्रालय मातहत रहेका दुईटा स्वायत्त संस्था नेपाल राष्ट्र बैंक, जसले सम्पुर्ण बैंक तथा बित्तिय संस्थालाई नियमन गर्ने गर्दछ । अर्थमन्त्रालय मातहत मै रहेको अर्को संस्था हो नेपाल बीमा प्राधिकरण, जसले समग्र बीमा क्षेत्रलाई नियमन गर्ने गर्दछ ।

आम जनमानसमा एक प्रकारको बुझाई अझै पनि के रहेको देखिन्छ भने जीवन बीमाका लागि वा बीमा गर्दा तोकिने प्रिमियम रकमलाई तिर्नु पर्ने भन्ने बुझाई र मानसिकताको कारणले गर्दा अझै पनि बीमा क्षेत्रमा आम जनता ढुक्क भएर आफ्नो आम्दानीको थोरै अंश पनि बचत गर्न हिच्किचाउने गरेको देखिन्छ । तर वास्तवमा भन्ने हो भने जीवन बीमा भनेको त पैसा तिर्ने नभई आफु रहुन्जेल आफ्ना लागि र आफु नरहे आफ्नो परिवारका लागि होस भनेर गरिने एउटा निश्चित समयावधिको बचत योजना हो ।

जुन योजनाले हाम्रो आम्दानीको सानो अंश अथवा समग्रमा भन्दा कमाईको १०-१५ प्रतिशत मात्रै पनि जीवन बीमाका लागि बचत गर्ने बानि बसाल्ने हो भने धेरै फाइदा हुन्छ । तपाई हाम्रो जीवनमा कुनै पनि प्रकारको जोखिम आईपर्दा र हामीले गर्ने सम्पुर्ण कमाई नै गुमाउदा पनि यसरी कमाइको १०/१५ प्रतिशत रकमले हामी नरहदा समेत हाम्रो परिवारलाई हामी भएजत्तीकै आर्थिक रुपमा सक्षम बनाउनेछ ।

फलस्वरूप परिवारका लागि हामी जिवित छदा जसरी कमाउन सक्थ्यौ र परिवारका न्युनतम आवश्यकता परिपुर्तिमा हामी तल्लिन रहने गर्दथ्यौ एवम् प्रकारले हाम्रै परिवारले हामीलाई भौतिक रुपमा गुमाउदा पनि आफु जीवित रहदा कमाईको सामान्य १५ प्रतिशत जतिको बचतले पनि हाम्रो अनुपस्थितमा समेत हामी भए सरहको नै आर्थिक सुरक्षा प्राप्त गर्ने एकमात्र माध्यम नै जीवन बीमा हो । जसका लागि हामीले पैसा तिर्ने हैन कि पैसा बचत गर्ने गर्नु पर्दछ । जीवन बीमाका लागि पैसा तिर्नु पर्दछ भन्ने सोचलाई नै परिवर्तन गरिनु पर्दछ ।

जीवन बीमालाई अझै पनि आम नागरिकको लागि अनिवार्य सुबिधाका रुपमा पहिचान गराउन नसकिएको कुरा जग जाहेर नै छ । यसका लागि सर्वप्रथम त सरकारले नै भुमिका खेल्नु पर्ने हुन्छ । त्यसका लागि घरका मुली मान्छेको अनिवार्य रुपमा सकेसम्म एक ब्यक्ति एक बीमा योजना लागु गर्नु पर्दछ । बीमा गरेको ब्यक्ति छ भने मात्रै अन्य सेवामा पनि ग्राह्यता दिने भन्ने योजना ल्याउन सकेमा एकातिर प्रत्येक नागरिकमा अनिवार्य बचत गर्ने बानिको बिकास पनि हुने छ भने अर्को तर्फ उक्त ब्यक्तिको परिवार आर्थिक संकटबाट जोगिने छ ।

जीवन बीमाको आवश्यकता धनि भन्दा पनि बढि निम्न आयस्रोत भएका ब्यक्तिका लागि रहने गर्दछ । तसर्थ सरकारले हरेक ब्यक्तिको जीवन बीमा अनिवार्य रुपमा गरेकै हुनुपर्ने व्यवस्था गर्नु पर्दछ । किन त भन्दा कमसेकम दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउनुपर्ने अवस्था भएको एकजना अविभावकले पनि कामको खोजिमा घरबाट बाहिर जादै गर्दा उसले बिभिन्न जोखिमको सामना गरिरहेको हुन्छ । तर यदि त्यो मान्छे कुनै प्रकारको जोखिमको सिकार हुन पुग्छ भने त्यस पछि उसको परिवारको लागि न्युनतम आवश्यकता पुरा हुने गरि कसले आर्थिक सहयोग दिन्छ त ?

त्यसका लागि  एउटामात्र उपाय रहने गर्दछ । यदि उसले आफ्नो जीवन बीमा गरएको छ भने मात्रै त्यो ब्यक्तिले र त्यो ब्यक्ति माथि आश्रितले आर्थिक सुरक्षा प्राप्त गर्न सक्दछ । त्यसका लागि उसले आफ्नो कमाईको  सानो अंश अर्थात रु १०० कमाउदा रु १५ जति मात्रै पनि यदि अनिवार्य बीमामा बचत गर्ने गरियो भने कुनै बेला त्यो परिवारको प्रमुख मान्छे जसले कमाएर आफ्नो परिवार पालिरहेको थियो उ स्वयं नै नरहदा पनि उसले बचत गर्ने गरेको १५ प्रतिशतले उसको परिवारले उसलाई गुमाउदा पनि सम्पुर्ण रुपमा अघि भने झै पुरै ८५ प्रतिशत आर्थिक सुरक्षा प्राप्त गर्न सक्ने छन् । फलस्वरूप परिवारले आफ्ना न्युनतम आवश्यकता पुरा गर्न आर्थिक अभावमा कहिकतै भौतारिनु पर्ने छैन ।

सारांसमा हामीले बुझ्नुपर्ने कुरा केहो भने जसरी हामी बैंकमा आफ्नो कमाईको रकम जम्मा गर्ने गर्दछौ र आवश्यकता पर्दा झिकेर काम चलाउने गर्दछौ । एवम् प्रकारले जीवन बीमामा पनि निश्चित समयावधिका लागि हामीले पैसा बचत गर्नु पर्छ । बीमा मार्फत गरिएको उक्त बचतमा बीमा कम्पनीले हरेक वर्ष बोनस दिने गर्छन् । प्रमुख रुपमा बीमितको जीवनमा आउन सक्ने निम्न जोखिमहरु

१ – दुर्घटनाको जोखिम

२ – पुर्ण अशक्तताको जोखिम

३ – घातक रोगको उपचार सम्मको जोखिम

४ – कालगतिबाट हुने निधनको जोखिमलाई समेत बहन गर्ने शर्तमा बीमा कम्पनिले हामीलाई सुबिधा प्रदान गरिरहेका हुन्छन् ।

लेखक- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत अभिकर्ता हुन् । उनि आ.व २०७७/७८ मा महेन्द्रनगर शाखाबाट HERO OF THE YEAR बाट सम्मानित Chief Business Manager  हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS