IME Life

स्ववियु निर्वाचन सम्बन्धि निर्देशिका–२०७९ पारित, छिट्टै बन्द हुँदै विद्यार्थी भर्ना

SPIL
NIC ASIA

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्बन्धि निर्देशिका–२०७९ पारित भएको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि निर्देशिका पारित गरेसँगै चुनाव कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको छ । आगामी स्ववियु निर्वाचनमा देशभरबाट त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।

त्रिभुवन विश्वविद्यालयले चुवान हुनु एक महिनअघि नै निर्वाचन तालिका प्रकाशन गर्ने गरेको छ । उक्त तालिका सार्वजनिक भएसँगै विद्यार्थी भर्ना गर्ने कार्य स्वत बन्द हुने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । निर्वाचन तालिका सार्वजनिक भएको दिनसम्म वार्षिक प्रणाली अन्तर्गत स्नातक तह प्रथम वर्ष र अन्यको हकमा कार्यतालिका प्रकाशित भएको मितिभन्दा दुई दिनअघिसम्म भर्ना भएका विद्यार्थीले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

Prabhu
Crest

त्रिविले वि.स.२०५१ चैत १८ गते जन्मेका वा सो भन्दा पछि जन्मेका विद्यार्थी स्ववियु उम्मेदवार बन्न पाउने व्यवस्था गरेको छ । निर्देशिका अनुसार २८ वर्ष नाघेकाले उम्मेदवारी दिन पाउने छैन । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र उपाध्यक्ष, सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछ ।

निर्देशिका अनुसार स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर पाँच सदस्यीय कार्यसमिति, २०१ देखि एक हजारसम्म विद्यार्थी भए सात जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए नौ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्ममा ११ सदस्यीय र पाँच हजार एकदेखिमाथि भए १३ जनाको कार्यसमिति हुने उल्लेख गरिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS