IME Life

शिखर इन्स्योरेन्सको दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले एकै पटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले १७ औं तथा १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । २०७९ असार मसान्तसम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट १६ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्तावलाई यस वार्षिक साधारण सभाले पारित गरेको छ । कम्पनीले ३६ करोड ५७ लाख ७२ हजार ९९२ रुपैयाँ बराबरको बोनस शेयर यस सभाले अनुमोदन गरेको छ ।

बोनस शेयर वितरण गर्दा खण्डित शेयरको हकमा माथिल्लो नजिकको अंकमा परिणत गर्ने र सो गर्दा शेयर स्वामित्व कायम राख्ने गरी जारी पूँजी तथा चुक्ता पूँजी संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । यसको अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सभाले अनुमोदन गरेको छ ।

Prabhu
Crest

कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गरेको छ । कम्पनीको नियमावलीको नियम १२ ख अनुसार संचालकहरुको नियुक्ति सम्बन्धी नियमलाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले शेयर कन्भर्जन गर्दा सर्वसाधारण शेयरधनीको हिस्सा बढे सँगै यस समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको संख्या पनि थप्ने प्रस्ताव पारित गरेको छ ।

नेपाल बीमा प्राधिकरणले मर्जरका लागि गरिरहेको प्रोत्साहनलाई उपयोग गर्दै कम्पनीले अर्को कम्पनी सँग मर्जरको आवस्यक प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै अघिल्ला दुई आर्थिक वर्षको वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदनहरु उपर छलफल गरि पारित गरेको छ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको वार्षिक पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ। त्यस्तै वोनस शेयरको कर प्रयोजनका लागि ० दशलमव ८४२१ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत सभाले पारित गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

22%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

22%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS