SKIP THIS

IK Anniversary
IME Life

सुरु भयो २८ औं ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ मेला

SPIL
NIC ASIA

काठमाडौं । आजबाट ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ प्रदर्शनी मेला सुरु भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय आइसीटी प्रोडक्टहरु प्रदर्शनीमा राखिने यस मेला काठमाडौंको भृकुटिमण्डपस्थिर सञ्चालन रहेको छ । ६ दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी मेलामा दैनिक विभिन्न विषयमा सेमिनार गरिने आयोजक कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) ले जनाएको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनी सुरु भएको यस मेलाको औपचारिक उद्घाटन गर्दै क्यानले आगामी माघ २९ गतेसम्म सञ्चालन हुने जनाएको छ । उद्घाटन सत्रमा बोल्दै क्यानका अध्यक्ष रणजीत कुमार पोदारीले नेपाल सरकारको लगानीमा नेपालमै आइटी कम्पनीको स्थापना गर्नुपर्ने बताए । सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो सुनाउँदै उनले निजि क्षेत्रले आइटी क्षेत्रमा दिएको योगदानलाई मूल्याङकन गर्न अनुरोध गरेका छन् । इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ को औपचारिक समारोहमा प्रमुख अतिथिको रुपमा रहेकी सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले सूचना तथा प्रविधिको क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा यो क्षेत्रबाट उत्पादन भएको दक्ष जनशक्ति जोगाउन नसकेको बताइन् । क्यानले आयोजना गर्ने प्रदर्शनीमा नेपाली जनताले कस्ता खालका प्रविधि चाहेका छन् त्यसबारे थाहा हुने हुँदा सरकारलाई जनाकारी दिन उनले अनुरोध गरिन् । साथै सूचना तथा प्रविधिको क्षेत्रलाई विकास गर्न आवश्यक पर्ने लिखित तथा मौखिक सुझावको अपेक्षा सरकारको रहेको उनी बताउँछिन् । मन्त्री शर्माले यस क्षेत्रको विकासका लागि आवश्यक प्रक्रियाको बारेम सविस्तार अध्ययन गर्ने र निति नियम तथा कानुनको विषयमा समेत थप छलफल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

Prabhu
Crest

सोहि समारोहमा बोल्दै इन्फो डेभलपर्सका सिइओ उमेश रघुवंशीले यस क्षेत्रमा सरकारको प्रेरणादायी भूमिका नभएको गुनासो गरे । स्वदेशी कम्पनीलाई विश्वास नगर्ने र आइटी सम्बन्धी सरकारको कुनै काम गर्न विदेशी कम्पनीलाई सुम्पिने प्रचलनले नेपालमा आइटी क्षेत्रको विकासमा सुस्तता देखिएको उनी बताउाछन् । यदि सरकारले यस क्षेत्रका लागि प्रेरणादायी भूमिका निभाउने हो भने यसै क्षेत्र मार्फत नेपाललाई चिनाउन निक्कै काम गर्न सकिने उनले बताए । सरकारले कुनै निति नियम नबनाएकोले यो क्षेत्रको विकास हुन नसकेको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको भनाई छ । नेपालमा वार्षिक हजारौंको संख्यामा आइटीको विद्यार्थी उत्पादन भएपनि रोजगारीको अवसर नहुँदा विदेशीनुपर्ने बाध्यता रहेको छ । तसर्थ नेपालमा रहेको आइटी कम्पनी साथै सरकारको सहयोगमा नेपालमा आइटी अध्ययन गर्ने विद्यार्थीलाई पार्ट टाइम काम गर्ने अवसर मिलाउनुपर्ने उनी बताउँछन् । सूचना प्रविधि क्षेत्रका लागि सरकारले विदेशी कम्पनी ल्याउँदै गर्दा सोहि क्षेत्रमा संलग्न नेपाली कम्पनीलाई पनि सहभागी गराउन आवश्यक रहेको उनको भनाई छ ।

उद्घाटन समारोहमा नेपालका विभिन्न सूचना प्रविधि क्षेत्रमा आवद्ध कम्पनी इन्फो डेभलपर्स, चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, डिसहोम फाइबरनेट लगायतका कम्पनीहरुको उपस्थिति रहेको थियो । माघ २४ देखि २९ गतेसम्म आयोजना हुने २८ औं इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ प्रदर्शनीमा १५० भन्दा बढी स्टल रहने आयोजक क्यानले जनाएको छ । क्यानले प्रदर्शनी अवलोकन गर्न सर्वसाधारणका लागि १०० रुपैयाँ टिकटको व्यवस्था गरेको छ भने विद्यार्थीले ५० रपैयामैँ मेला भ्रमण गर्न सक्नेछन् । प्रत्येक दिन फरक फरक दिन फरक विषयमा सेमिनारको आयोजना गरिने उक्त मेलामा नेपालका विभिन्न सूचना तथा प्रविधि कम्पनीका साथै अमेरिक र जापानबाट समेत आइटी कम्पनीको सहभागीता रहने आयोजकले जनाएको छ । सो मेलामा करिब साढे तीन लाखभन्दा बढी अवलोकनकर्ताको भ्रमण रहने क्यानले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS