IME Life

मौद्रिक समिक्षा अगाडी हौसिए लगानीकर्ता, आर्थिक सूचकमा सुधार सँगै एकै दिन ७६.६४ अंकले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो सोमबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिमा अधिकाम्स सूचकमा सुधार देखिएको भन्दै आज शेयर बजारमा उछाल आएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने विप्रेषण आप्रवाह पुस मसान्तसम्ममा २४.३ प्रतिशतले बढेको छ । त्यस्तै शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले माघ २९ गते अर्धवार्षिक मौद्रिक समिक्षा गर्ने जनाएको छ । मौद्रिक समिक्षा शेयर बजार मैत्री आउने लगानीकर्ताको अनुमान छ । गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आपसी सहमतिमा मौद्रिक समिक्षा सार्वजनिक गर्ने चर्ताले पनि बजारमा सुधार देखिएको हो ।

Prabhu
Crest

पछिल्लो राजनीतिक घटनाक्रमले ओरालो झरेको शेयर बजारमा हिजोको राष्ट्र बैंकको प्रतिवेदनले लगानीकर्ताको मनोबल उच्च बनाएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निक्षेपको व्याजदर घटाउन निर्देशन दिए सँगै बैंकहरुले माघ महिनाका लागि निक्षेपको व्याजदर घटाइसकेका छन् । निक्षेपको व्याजदर घट्ने वित्तीकै आगामी फागुन र चैतमा आधार व्याजदर पनि घट्नेछ । बैंकले आधार व्याजदर घट्ने वित्तीकै कर्जाको व्याजदर पनि स्वत घटाउछन् ।

अर्को तर्फ आजको बजार सुधारले भित्रभित्रै राजनीतिक घटनाक्रममा केहि परिवर्तन हुन थालेको संकेत गरेको छ । शेयर बजारलाई आर्थिक सूचक सँग सँगै राजनीतिक गतिविधिले पनि प्रभावित पर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले हिजै मन्त्रिपदबाट राजिनामा दिइसकेका छन् । यस सँगै राजनीतिक घटनाक्रमले नयाँ मोड लिने अनुमान गरिएको छ ।

आजको सुधारमा मौद्रिक समिक्षा नै पहिलो कारण हो । अहिलेका अर्थमन्त्री शेयर बजार मार्फत आफुलाई चर्चाको शिखरमा पुर्याउन चाहन्छन् । त्यसैले पनि अर्थमन्त्री पौडेलले शेयर बजार मैत्री मौद्रिक समिक्षाका लागि निर्देशन दिइरहेको बुझिएको छ ।

मंगलबार नेप्से सूचक ७६.६४ अंकले सुधार भएको छ । नेप्से सूचक ३.६५ प्रतिशतले बढेर २१७७.३४ अंकमा रोकिएको छ । आज २१५ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा एउटा पनि कम्पनीको शेयर मूल्य घटेको छैन । सर्वाधिक सुधार हुने क्रममा ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार तीन अर्ब ३६ करोडको कारोबार भएको छ । सबैभन्दा धेरै लगानीको सूचक ६.२५ प्रतिशतले बढेको छ । विकास बैंक, फाइनान्स र हाइड्रोपावरको सूचक ५ प्रतिशत भन्दा धेरैले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

87%

खुसी

0%

दु :खी

7%

अचम्मित

7%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS