IME Life

शिखरको एजिएम भोलि, कहिलेसम्म शेयर किन्नले पाउँछन् प्रस्तावित लाभांश ?

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले एकै पटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा भोलि माघ २५ गते गर्दैछ । कम्पनीले १७ औं तथा १८ औं वार्षिक साधारण सभा डाकेको हो । माघ तीन गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

२०७९ असार मसान्तसम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट १६ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्तावलाई आगामी वार्षिक साधारण सभा पेश गर्नेछ । कम्पनीले ३६ करोड ५७ लाख ७२ हजार ९९२ रुपैयाँ बराबरको बोनस शेयर पारित गर्ने भएको हो ।

Prabhu
Crest

बोनस शेयर वितरण गर्दा खण्डित शेयरको हकमा माथिल्लो नजिकको अंकमा परिणत गर्ने र सो गर्दा शेयर स्वामित्व कायम राख्ने गरी जारी पूँजी तथा चुक्ता पूँजी संशोधन गर्ने भएको छ । यसको अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव साधारण सभामा लैजाने भएको हो ।

कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्नेछ । कम्पनीको नियमावलीको नियम १२ ख अनुसार संचालकहरुको नियुक्ति सम्बन्धी नियमलाई संशोधन गर्ने भएको छ । कम्पनीले शेयर कन्भर्जन गर्दा सर्वसाधारण शेयरधनीको हिस्सा बढे सँगै यस समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको संख्या पनि थप्ने प्रस्ताव गरेको हो । हाल उक्त नियमावलीमा संस्थापक समुहबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुबाट २ जना र स्वतन्त्र संचालक एक जना गरी ७ जना संचालक हुने व्यवस्था छ ।

अव सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना, संस्थापकहरुबाट पनि तीन जना र स्वतन्त्र संचालक एक जना सहित ७ जनाको संचालक हुने व्यवस्था सहित नियमावली संशोधन गर्ने भएको हो । नेपाल बीमा प्राधिकरणले मर्जरका लागि गरिरहेको प्रोत्साहनलाई उपयोग गर्दै कम्पनीले अर्को कम्पनी सँग मर्जरको आवस्यक प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा पेश गर्ने भएको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै अघिल्ला दुई आर्थिक वर्षको वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदनहरु उपर छलफल गरि पारित गर्ने जनाएको छ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको वार्षिक पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारणसभामा पेश गर्नेछ । त्यस्तै वोनस शेयरको कर प्रयोजनका लागि ० दशलमव ८४२१ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि पारितका लागि साधारण सभामा पेश गर्ने भएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि माघ १७ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मको लागि बुक क्लोज गरिसकेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश माघ १६ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS