IME Life

स्टक एक्सचेञ्जमा बैंक तथा बीमा कम्पनीकाे शेयर पूँजीकरण रू. २० खर्ब भन्दा बढी

SPIL
NIC ASIA

काठमाण्डाै‌। पूँजी बजारमा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीकाे पूँजीकरण २० खर्ब रुपैयाँभन्दा पनि नाघेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६६.२ प्रतिशत रहेको छ ।

आव २०७९।८० काे पुस मसान्तमा धितोपत्र बजार पूँजीकरण ३१ खर्ब ३ अर्ब १६ करोड रुपैयाँ कायम भएको थियाे । यसै पूँजीकरणकाे आधारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीकाे पूँजीकरण हिस्साकाे गणना गर्ने हाे भने रु‍‍.२० खर्ब ५४ अर्ब २९ कराेड रूपैयाँ हुन आउँछ।  गत आव २०७८।७९ काे पुस मसान्तमा बजार पूँजीकरण र४० खर्ब ३७ अर्ब १३ करोड रुपैयाँ रहेको थियो । २०७८ पुस मसान्तमा २८५७.८ रहेको नेप्से सूचकाङ्क २०७९ पुस मसान्तमा २१४९.४ कायम भएको छ ।

Prabhu
Crest

पूँजी बजारमा सूचीकृत कूल कम्पनीहरूमध्ये संख्यात्मक हिसाबले पनि सबैभन्दा ठूलाे संख्या बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीकै रहेकाे छ। नेपाल स्टक एक्सचेन्जमा चालू आर्थिक वर्ष २०७९।८० काे पुस मसान्तसम्ममा सूचीकृत कूल २४९ कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीकाे संख्या १४९ रहेकाे छ।  त्यसपछि दाेश्राे ठूलाे संख्यात्मक उपस्थित जलविद्युत उत्पादक कम्पनीकाे रहेकाे छ । एक्सचेन्जमा कूल  ६३ जलविद्युत् कम्पनी सूचीकृत छन् । जलविद्युत कम्पनीकाे शेयरमा सर्वसाधारणकाे ठूलाे लगानी भएपनि यसकाे लगानीलाई नियमन गर्ने विशेष नियामक निकायकाे अभावमा जलविद्युत कम्पनीहरूकाे लगानी र खर्च अपारदर्शी रहेकाले कुनै पनि बेला सर्वसाधारणकाे लागी डुब्न सक्ने उच्च जाेखिम रहेकाे छ।

नेपाल स्टक एक्सचेन्जमा १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ वटा लगानी कम्पनी, ५ वटा होटल, ४ वटा व्यापारिक संस्था र ३ अन्य समूहका कम्पनी पूँजी बजारमा सूचीकृत रहेका छन् । आव २०७८।७९ काे पुसमसान्तसम्ममा सूचीकृत कम्पनीहरूको संख्या २२५  थियो ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १२.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटेलको हिस्सा १.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ पुस मसान्तमा सूचीकृत ७ अर्ब १० करोड शेयरको चुक्ता मूल्य रु.७०० अर्ब २ करोड रहेको छ । नेपाल राष्ट्र बै‌ंकका अनुसार आर्थिक वर्ष २०७९।८० को छ महिनामा रु.३५ अर्ब बराबरको विकास ऋणपत्र, रु.२८ अर्ब ४४ करोड बराबरको डिबेन्चर, रु.११ अर्ब ८० करोड बराबरको साधारण शेयर, रु.१० अर्ब ८० करोड बराबरको बोनस शेयर, रु.४ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु.३ अर्ब ६७ करोड बराबरको हकप्रद शेयरगरी कुल रु.९४ अर्ब २१
करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

चालू आवकाे पुस मसान्तसम्ममा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.७ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड, रु.४ अर्ब ९ करोड बराबरको साधारण शेयर र रु.९५ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.२१ अर्ब ९९ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS